• २०८१ बैशाख ७ शुक्रबार

बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र !

kharibot

अमेरिका । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको ३५ वर्ष पुरानो प्रेमपत्र सार्वजनिक भएको छ । यो प्रेमपत्र उनले कलेज पढ्दा आफ्नी प्रेमिकालाई पठाएका थिए । यो पत्रमा ओबामाको नश्ल, वर्गको साथसाथै आर्थिक असुरक्षाको भावना पनि व्यक्त भएको पाइएको छ ।

आफ्नो उमेरको तेस्रो दशकमा बाराक ओबामाले यो चिठी अलेक्जेन्ड्रा म्याकनियरलाई लेखेका हुन्, जोसँग ओबामाको भेट क्यालिफोर्नियामा भएको थियो । यसमा केही चिठीमा पूर्वराष्ट्रपतिको जीवनको सुरुवाती संघर्ष स्पष्टैसँग देखिन्छ । २०१४ मा इमोरी युनिभर्सिटीको रोज लाइब्रेरीले यो चिठी प्राप्त गरेको थियो । सोही लाइब्रेरीले अहिले आएर प्रेमपत्र सार्वजनिक गरेको हो । 

लाइब्रेरीकी निर्देशक रोजम्यारी म्यागीले उक्त प्रेमपत्र सुन्दर तरिकामा लेखिएको बताएकी छिन् । उनका अनुसार एक नवजवानको पहिचान र आफ्नो जीवनको अर्थको खोजी प्रेमपत्रमा गरिएको छ । 

लामो दूरीको प्रेम 
यो चिठी १९८२ बाट १९८४ को बीचमा लेखिएको छ । यसको पाँच वर्षपछि बाराक ओबामा पहिलोपटक मिसेल ओबामासँग डेटमा गएका थिए । पछि मिसेलसँग नै ओबामाले विवाह गरे । अलेक्जेण्ड्रा म्याकनियरलाई लेखिएको सुरुवाती चिठीमध्येको एउटा चिठीमा ओबामा लेख्छन्, 'मलाई विश्वास छ, मैले कति सम्झिन्छु भन्ने तिमीलाई थाहै छ, म हावाजस्तै हरपल तिम्रो आसपासमा छु, म तिमीलाई सागरको गहिराइजस्तै भरोसा गर्छु, हाम्रो प्रेम असीमित छ ।' चिठीको अन्त्यमा लेखिएको छ - प्यार, बाराक ।

ओबामा लेख्छन्, 'म आफैँभित्र जलन महसुस गर्छु । म कुनै खास वर्ग या संस्कृतिसँग जोडिएको पनि छैन । मलाई यस्तो लाग्छ कि मेरो लागि कुनै अर्कैै बाटो बनेको छ । आफ्नो एक्लोपना टाढा राख्न मसँग एउटा मात्रै बाटो छ । त्यो भनेको म आफैँ वर्ग या संस्कृतिसँग जोडूँ ।'

तर ओबामा र अलेक्जेन्ड्राको लामो दूरीको यो प्रेम धेरै समय भने चल्न पाएन । १९८३ मा ओबामा लेख्छन्, 'मैले तिम्रोबारेमा धेरै सोचेको छु, आफ्नो प्रेम र भावनालाई लिएर अहिले एकदम चिन्तित छु । मलाई लाग्छ कि जुन हामीले पाउन सक्दैनौँ त्यहीचाहिँ हामीलाई बढी चाहिन्छ ।' 

बाटोको खोजी 
एउटा चिठीमा ओबामा आफ्नो साथीको समेत चिन्ता गर्छन्, जुन साथी आफ्नो पारिवारिक व्यापार सम्हालेर जीवनलाई व्यवस्थित गरिरहेको छ । तर ओबामाको साथ भने त्यतिबेला परिस्थिति नै केही अर्कै थियो । उनका बुबा केन्याबाट आएका थिए भने ओबामाको जन्म हवाईमा भएको थियो तर सुरुवाती जिन्दगीचाहिँ उनले इन्डोनेसियामा बिताएका थिए । 

ओबामा लेख्छन्, 'म आफैँभित्र जलन महसुस गर्छु । म कुनै खास वर्ग या संस्कृतिसँग जोडिएको पनि छैन । मलाई यस्तो लाग्छ कि मेरो लागि कुनै अर्कैै बाटो बनेको छ । आफ्नो एक्लोपना टाढा राख्न मसँग एउटा मात्रै बाटो छ । त्यो भनेको म आफैँ वर्ग या संस्कृतिसँग जोडूँ ।' सन् १९८३ मा ग्राजुएट भएपछि ओबामाले जब इन्डोनेसिया फर्किए पनि आफूलाई त्यहाँको मानिससँग जोडिएको महसुस गर्न सकिरहेका थिएनन् । उनी भन्छन्, 'मैले त्यहाँको भाषा राम्ररी बोल्न सकिरहेको थिइनँ ।' 

मनभित्रका उल्झनहरु 
ग्राजुएट भएपछि ओबामालाई थाहा थियो कि उनी सामुदायिक परियोजनासँग जोडिएको काम गर्नेछन् । १९८३ मा लेखिएको एउटा चिठीमा उनी भन्छन्, 'केही हप्तापहिले मसँग आफूले लेखेको चिठी पठाउने समेत पैसा थिएन, त्यसअघिको हप्तामा एक टाइपराइटर उधारोमा लिन पनि आफ्नो चेक बाउन्स गराउनपरेको थियो । सामुदायिक संगठनमा बहुत कम पैसा मिल्थ्यो, त्यसैकारण मलाई धेरै मिहिनेतसँग काम गर्नुपर्नेछ र आफ्नो कर्जा उतार्नुपर्नेछ ।' 

एक अन्तर्राष्ट्रिय बिजनेस कम्पनीको प्रकाशन विभागमा नोकरी मिलेपछि ओबामा लेख्छन्, 'सबै मेरो ढाड थमथम्याउँदै छन् र मेरो कामको प्रशंसा गर्दै छन् । म आफ्नो कम्पनीको भरोसायोग्यमध्ये एक भएको छु ।' यद्यपि यही बखत ओबामा कर्पोरेट कम्पनीहरुले आफ्नो मूल्य र आदर्शहरु विस्तारै कमजोर पारिरहेकोमा चिन्ता समेत व्यक्त गर्न भ्याउँछन् ।

ओबामाका यी चिठीहरुले के स्पष्ट पार्छ भने उनी अगाडि बढेर जीवनमा केही ठूलै काम गर्न चाहन्छन् । अलेक्जेन्ड्रालाई लेखिएको एक चिठीमा ओबामा लेख्छन्, 'मेरा विचार सायद अब स्कुलमा हुँदाजस्तो छैनन् होला तर अब परिपक्व हुँदै भने गएको छ । जसको मद्दतले म कुनै कामप्रति समीक्षकभन्दा ज्यादा भागीदार बन्ने विश्वास गर्ने भएको छु ।' 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै