राष्ट्रपति भण्डारीद्वारा नेपाल सम्वत्को शुभकामना

खरीबोट

काठमाडौँ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सम्वत् ११३८ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

नेपाल सम्वत् ११३८ को अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक, साँस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण नेपालको मौलिक सम्वत्को रुपमा रहेको नेपाल सम्वत्ले सबै नेपालीहरुमा सहिष्णुता, सामाजिक एकता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान दिने विश्वस व्यक्त गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले नेपाल सम्वत् ११३८ ले नयाँ जोश, उमङ्ग, उत्साहसहित मुलुक र मुलुकवासीमा खुसीको सञ्चार गर्दै राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा

काठमाडौँ । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।  राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानन्यायाधीश गोपाल

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी फागुन २१ गतेलाई संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । सोमबार एक विज्ञप्ती जारी गरी राष्ट्रपति भण्डारीले संसद अधिवेशनको आह्वान गरेकी हुन् ।  संघीय संसदको अधिवेशन

दक्षिण अफ्रिकाको नयाँ राष्ट्रपतिमा रामाफोसा नियुक्त

कप्ट टाउन । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त भएका छन् ।  यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको

ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवम् समृद्धिको कामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शुक्रबार जारी