हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) गठन

खरीबोट
ad

काठमाडौँ ।  नेपाली काँग्रेसका नेता हरिबोल भट्टराईको नेतृत्वमा नेपाली काँग्रेस (बिपी) नामक नयाँ पार्टीको घोषणा गरिएको छ । 

नवगठित पार्टीको उपसभापतिमा झलकनाथ वाग्ले, महामन्त्रीद्वय हरिशंकर मिश्र र सुशीलमान शेरचन, महामन्त्रीमा पुष्प पराजुली र प्रवक्ता देवेन्द्र पौडेललाई जिम्मेवारी दिइएको छ । 
पार्टीका सभापति भट्टराईले नेपाली काँग्रेस बिपीको समाजवादको चिन्तन तथा विचारबाट विचलित भई सत्ता र सम्पत्तिका लागि मात्रै केन्द्रित भएकाले आफूहरुले बिपी विचारलाई स्थापित गर्न नयाँ पार्टी गठन गरेको बताएका छन् । 

‘काँग्रेसले बिपीको विचारलाई लात हानेर जुनसुकै शक्तिसँग पनि सम्झौता गर्ने चरित्र देखाएको छ ।’ उनले भने ।  

पार्टीका सदस्यमा दीनबन्धु अर्याल, ब्रह्मनारायण चौधरी, लोपसांङ लामा, कल्पित पराजुली, लोकराज भट्ट, माधवप्रसाद लामिछाने, रामविलास शाह, यज्ञराज भट्ट, महेश्वरी न्यौपाने, नरेन्द्र विष्ट, चक्रदेव जोशी, ऋषभ सापकोटा, गोपालनारायण भट्टचन, सरोज लामा, रामभक्त भट्टराई, लक्ष्मी सुनार, झपेन्द्र आचार्य, पूर्णबहादुर विक, राजेशकुमार शाही, विकास तामाङ रहेका छन् । 

सम्बन्धित समाचार

पार्टीको विधान पालना गरे गुटउपगुटको अन्त्य: नेता प्रकाशमान सिंह

चितवन /  नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले विधानमा उल्लेखित कुरा अक्षरशः पालना गरे पार्टीभित्रको गुट उपगुट अन्त्य हुने बताएका छन ।  प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको प्रदेश नं ३को प्रदेशस्तरीय भेलालाई सोमबार  सम्बोधन

काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्नेमा नेत्री कोइरालाको जोड

काठमाडौँ / नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन्  ।  रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई

पार्टी व्यवस्थापन गर्नुपर्छ : नेता पौडेल

चितवन / नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन  । पत्रकारहरुसँगको कुराकानीमा उहाँले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै

संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागू गर्न काँग्रेसको माग 

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको व्यवस्था तत्काल लागू गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद मिनेन्द्र रिजालले नियमापत्ति गर्दै कार्यसञ्चालन नियमावलीको ५६ को व्यवस्थालाई कार्यान्वयन गर्न