• २०८१ बैशाख १३ बिहीबार

प्रधानमन्त्रीद्वारा तिहारको शुभकामना

kharibot

काठमाडौँ  ।  प्रधानमन्त्री शेरबहादुर देउवाले उज्यालो र रङ्गहरूको महान पर्व तिहारको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एंव दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । 

उहाँले आज दिनुभएको शुभकामना सन्देशमा उज्यालो र रङ्गहरूको महान पर्व तिहारले नेपालीहरूको धार्मिक, सांस्कृतिक सहिष्णुता, एकता, सहकार्य र सम्मिलनमा अझ प्रगाढता ल्याउँदै जानेमा विश्वास व्यक्त गर्नुभयो । 

“नेपाल विविध धर्म र संस्कृतिको बहुपहिचानयुक्त विशेषता भएको मुलुक हो, नेपालका विविध साँस्कृतिक पर्वहरूले नेपाली समाजमा भातृत्व र भावनात्मक एकताका लागि महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन्,” प्रधानमन्त्री देउवाले भन्नुभयो — “यस पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् ।” 

साथै उहाँले राष्ट्रिय एकता र विकासको मार्गमा हिँड्न यो पर्वले सम्पूर्ण नेपालीलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै