• २०८१ बैशाख ७ शुक्रबार

‘रुद्रप्रिया’ र ‘रानी’ आजबाट प्रदर्शनमा

kharibot

काठमाडौँ । तिहार र छठको अवसरलाई लक्षित गर्दै आजबाट दुई नेपाली फिल्मले प्रदर्शनमा आएका छन् । 

नेपाली फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ आजबाट प्रदर्शनमा आएका हुन् । करिब ८ वर्षपछि सँगै पर्दामा फर्किएको रेखा थापा र आर्यन सिग्देल अभिनित फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका छन् भने फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । 

रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् । यो फिल्ममा रेखा र आर्यनका अलावा राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरु पनि अभिनय छ । 

यसै गरी पुराना निर्देशक दयाराम दाहालले निर्देशन गरेको फिल्म ‘रानी’ त्रिकोणात्मक प्रेम कथामा निर्मित फिल्म हो । यस फिल्ममा अनुप विक्रम शाही, मलिना जोशी, मनिषसुन्दर श्रेष्ठ, शारुक ताम्राकार लगायतका कलाकारहरुको मुख्य भूमिका छ । फिल्मका निर्माता विमलमान गुभाजु हुन् ।

पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिसन बाँनियाको छायांकन रहेको ‘रानी’मा यम थापाको कथा, विजय घिमिरेको संगीत, बाबु थापा र शिशिर खातीको नृत्य निर्देशन रहेको छ । 

‘रुद्रप्रिया’ र ‘रानी’ सँग यसै साता ठुला दुई हिन्दी फिल्म पनि प्रदर्शनमा आउदै छन् । नेपाली हलमा बलिउड फिल्म आमिर खानको फिल्म ‘सेक्रेट सुपरस्टार’ र अजय देवगनको ‘गोलमाल अगेन’ पनि प्रदर्शनमा आउदै छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै