• २०८१ बैशाख ६ बिहीबार

तिहार र छठमा देशैभर बत्ति नजाने

kharibot

काठमाडौं ।  तिहार र छठ पर्वभरि देशैभरी बत्ति नजाने भएको छ । उज्यालोको पर्व भनेर चिनिने तिहार र तराईको प्रमुख पर्व छठभरि देशभरी नै विद्युत कटौती नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

गएको वर्ष लक्ष्मीपुजाको दिनदेखि काठमाडौंलाई लोडसेडिङमुक्त क्षेत्र घोषणा गरेको प्रधिकरणले यो वर्ष अरु शहरलाई पनि लोडसेडिङमुक्त बनाउने योजना बनाएको छ । पोहोर लक्ष्मीपुजाको दिन एक हजार ४ सय मेगावाट विजुली खपत भएकोमा यो वर्ष औद्योगिक खपत पूर्ण रुपमा बन्द हुने भएकाले आज एक हजार ३ सय ५० मेगावाट विजुली खपत हुने प्राधिकरणको अनुमान छ । 

यसैबीच आज वर्षमै सबैभन्दा बढी विजुली खपत हुने भएकाले धेरै विजुली खपत गर्ने उपकरण सकेसम्म कम प्रयोग गर्न प्राधिकरणले आग्रह गरेको छ । तिहारमा बिजुलीको माग धेरै हुने र अहिले नै विजुलीको माग बढ्न थालेपछि प्राधिकरणले विजुली खपत गर्दा ध्यान दिन आग्रह गरेको हो ।

प्राधिकरणले हिटर, ओभन, आइरन, एयर कण्डिस्नर, पम्प जस्ता उपकरण, बढी क्षमताका बत्ती, बेलुकी ५ बजेदेखि राति १० बजेसम्म कम प्रयोग गर्न आग्रह गरेको छ । प्राधिकरणले उत्पादन नबढेको तर ग्राहकको माग बढेको जानकारी दिंदै विजुली व्यवस्थापन गर्न प्रयासरत रहेको पनि बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै