• २०८१ बैशाख १३ बिहीबार

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पत्रकारलाई दिए धम्की, महासंघको आपत्ति   

kharibot

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का

काठमाडौँ, आयल निगमले जग्गा किन्दा अनियमिता गरेको सम्बन्धी समाचार लेख्ने नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले धम्की दिएका छन् । 

समाचार संकलनको क्रममा आपूर्ति मन्त्रालय पुगेका पौडेललाई निर्देशक खड्काले कार्यालय परिसरमा समाचारको विषयलाई लिएर धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । 

निगमको जग्गा खरिदमा अनियमितता भएको सम्बन्धी समाचार प्रकाशित भएपछि सार्वजनिक लेखा समितिले आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको भन्दै छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै