• २०८१ बैशाख ८ शनिबार

सुनसरीमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

kharibot

इटहरी ।  सुनसरी जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा गएराति भएको सवारी दुर्घटनामा परेर दुईजनाको ज्यान गएको छ । 

ती घटनामा अरु तीनजना गम्भीर घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, इटहरीले जानकारी दिएको छ । 

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार गएराति सवा १२ बजेतिर इटहरी–१७ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतिर आउँदै गरेको को ११ प ८०८५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा १३ च ३३४१ नम्बरको कार एकापसमा जुध्दा मोटरसाइकलको पछाडि बसेर यात्रारत रामधुनी–४ का २५ वर्षीय उपेन्द्र घिमिरेको ज्यान गएको छ । 

मोटरसाइकल चालक सोही स्थानका २५ वर्षीय कमल घिमिरे र उपेन्द्र दुवै गम्भीर घाईते भएको अवस्थामा राति नै उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पु¥याएपछि उपेन्द्रको मृत्यु भएको हो भने कमल घिमिरेको भने उपचार भइरहेको पनि ट्राफिक प्रहरीले जानकारी दिँदै कार चालक बाबुराम प्रधान घाइतेको उपचारमा संलग्न भएपनि उनी प्रहरीको निगरानीमा रहेको बताइएको छ । 

यसैगरी, गएराति नै ११ः३० बजे सुनसरीको दुहवी नगरपालिका–४ डाँडाचोकमा डब्लु बी १५ ए ७९९५ नम्बरको ट्रकले विपरीत दिशावाट अगाडि आउँदै गरेको को २० प ६०५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सोही मोटरसाइकलमा यात्रारत दुहवी–४ का २५ वर्षीय कुन्तोष चौधरीको मृत्यु भएको छ । 

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा यात्रारत दुहवी–४ का मोटरसाइकल चालक सञ्जय साह तथा सोही स्थानका मोटरसाइकलमा सवार २५ वर्षीय कृष्ण विश्वास र अर्का पछाडि बसेका २५ वर्षीय कुन्तोष चौधरी गम्भीर घाइते भई उपचारार्थ विराटनगरको गोल्डेन अस्पताल पु¥याएपछि कुन्तोषको मृत्यु भएको ट्राफिक प्रहरीले बताएको छ । 

गम्भीर घाइते अन्य दुई जनाको भने अस्पतालमा नै उपचार भइरहेको छ । ट्रकका चालक भने फरार रहेकाले उनको खोजी भइरहेको र ट्रकलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै