• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा चेल्सी र रोमाबिचको खेल बराबरीमा सकियो  

kharibot

काठमाडौँ । च्याम्पियन्स लिग अन्तर्गत चेल्सी र एस रोमाबीचको खेल बराबरीमा सकिएको छ । गएराती भएको खेलमा दुवै टिमबाट ३-३ गोल भएको थियो । 

चेल्सीका लागि लामो समय पछि टिममा फर्किएका इडेन हजार्डले २ गोल गरेका थिए भने डेबिड लुइजले एक गोल गरेका थिए ।

त्यस्तै इटालियन क्लब एस रोमाका लागि म्यान्चेस्टर सिटीका पूर्वस्ट्राइकर इडीन डिजेकोले २ गोल गरेका थिए भने सिटीकै पूर्वखेलाडी कार्लोभले एक गोल गरेका थिए ।

यो बराबरीपछि च्याम्पियन्स लिगको समुह सि मा चेल्सी ३ खेलमा ७ अंक सहित शिर्ष स्थानमा रहेको छ भने एस रोमाको ३ खेलमा ५ अंक सहित दोस्रो स्थानमा रहेको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै