• २०८१ बैशाख ७ शुक्रबार

प्रमुख तीन दलका शीर्ष नेताद्वारा डाक्टर केसीलाई अनशन तोड्न आग्रह

kharibot

तस्विर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, प्रमुख तीन दलका शीर्ष नेताले अनशनरत डाक्टर गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा शुक्रबार सिंहदरबारमा भएको छलफलमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्माओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदबाट चिकित्सा शिक्षा ऐन प्रक्रिया पुरा गरेर पारित गर्ने भन्दै तत्कालका लागि अनशन तोड्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

शिक्षा सचिव शान्त बहादुर श्रेष्ठ नेतृत्वको सरकारी वार्ता टोलीले पाँच पटकसम्म डा. केसीका माग बारे उनका प्रतिनिधिसँग छलफल गरेपनि निष्कर्ष ननिस्केपछि प्रधानमन्त्री देउवाले मुख्य दलका शीर्ष नेतालाई समेटेर छलफल शुरु गरेका हुन् । 

वार्ता टोलीले चिकित्सा शिक्षा ऐन संसदबाट तत्काल पारित गर्न र आइओएमको अधिकार त्रिभुवन विश्वविद्यालयबाट फिर्ता गराउन आफुले नसक्ने भन्दै राजनीतिक नेतृत्वको प्रतिबद्धता चाहिने बताएपछि प्रधानमन्त्री देउवाले अग्रसरता लिनु भएको हो ।

यसैबिच सरकारले निजी अस्पताललाई प्रतिष्ठानको रुपमा अनुमति दिनेगरी संसद्मा प्रस्तुत भएको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता गर्ने निर्णय गरे पनि संसदीय समितिले अटेरी गरेको पाइएको छ । 

१० महिनाअघि मन्त्रीपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरे पनि संसद्को महिला, बालिबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा विधेयक फिर्ता लिन पठाएको पत्र सभापति रञ्जुकुमारी झाले लुकाएर प्रक्रिया अघि बढ्न नदिएको डाक्टर केसी पक्षले आरोप छ । सभापति झाले पत्र नै नपाएको बताउँदै आएपनि खोजतलास गर्दा समितिमा पत्र पुगेको देखिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै