नवलपरासीमा बाढीले बगाउदा तीन बेपत्ता, दुई हजार घर डुबानमा

खरीबोट

नवलपरासी बाढीबाट डुबान, तस्विर :रासस

नवलपरासी, बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन् । 

तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण नवलपरासीमा आज एक बालकसहित दुई जना र बिहीबार एक पुरुष बेपत्ता भएका थिए । पाल्हीनन्दन–३ स्थित नहरमा बालक डुबेको देखेर उद्धार गर्न जाँदा सोही स्थानका ६० वर्षीय वृजलाल गुप्ता पनि बेपत्ता भएका हुन् । दुवैको खोजी भइरहेको प्रहरीले जनाएको छ । बिहीबार भने प्रतापपुरस्थित खजुरा खोलाले बगाएर इब्राहिम मिया बेपत्ता भएका थिए । 

यसैबीच बुधबारदेखि लगातार परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रका करिब दुई हजार घर डुबानमा परेका छन् । बाढीबाट सदरमुकाम परासीसहित ग्रामीण तथा सीमावर्ती क्षेत्रका चार गाउँपालिकामा बढी क्षति हुन पुगेको छ । अविरल वर्षाका कारण आएको ठूलो बाढीबाट लाखौँको खाद्यान्न बाली नोक्सान भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण परासीका केही भागसहित पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउ‘पालिका प्रभावित भएको प्रहरीले जनाएको छ । 

जिल्लाको पहाडी क्षेत्र हुँदै बगेका झरही, रायपुरवा, खजुरा, भलुही र पानभार खोलाका बाढी ती क्षेत्रमा बसेको बताइएको छ । ग्रामीण क्षेत्रका ती चार गाउँपालिकामा बाढीले पीडितको माटाले बनेका घर र छाप्रामा बढी क्षति पुगेको छ । 

प्रतापुर गाउँपालिकाको बरगदवा, अमहवाँ, नन्दपुर, कजडहिया, फडरहनी, ठुलोखैरेटवा, पर्सा, दरखासे, कालीबर्था, माधवपुर र गोबरकटवा टोल डुबानमा परेका छन् । सो गाउँपाालिका करिब एक हजार घर डुबानमा परेको प्रारम्भिक अनुमान गरिएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माले जानकारी दिए । 

सम्बन्धित समाचार

नवलपरासीको दाउन्नेमा पहिरो गएको बाह्र घण्टापछि सडक एकतर्फीरुपमा सञ्चालन

नवलपरासी, पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ ।  दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा

संसद बैठक : बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न सांसदहरुको माग

काठमाडौँ, व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले मुलुकभर बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै उचित व्यवस्थापन गर्न माग गरेका छन् ।  सांसद चन्द्रकान्त भण्डारीले मुलुकमा अपार प्राकृतिक स्रोतसाधन भएपनि आर्थिक दुरावस्था र

बारा जिल्ला जलमग्न : दलित बस्ती डुबानमा (फोटो फिचर)

बारा, विहिवार देखिपरेको अविरल बर्षाका कारण बारा जिल्ला अहिले जलमग्न भएको छ । जिल्लाको जीतपुर , सिमरा , नितनपुर , पथलैया , निजगढ लगायतको बिभिन्न स्थानको बस्तीहरु डुवानमा परेका छन् ।

नवलपरासीमा बाढीले बगाउदा तीन बेपत्ता, दुई हजार घर डुबानमा

नवलपरासी, बाढीका कारण नदी र खोलामा डुबेर बेपत्ता एक बालकसहित तीन जना अझैसम्म पनि फेला परेका छैनन् ।  तीनै जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बाढीका कारण नवलपरासीमा आज