• २०८१ बैशाख ७ शुक्रबार

फेरि खुल्यो डिभी, यसअघि भरेकाले पनि पुनः आवेदन दिनुपर्ने

kharibot

काठमाडौँ । इ-डिभि वेबसाईटमा आएको प्राबिधिक त्रुटीका कारण  सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम फेरी सुरु भएको छ ।

काठमाडौँ स्थित अमेरिकी दुतावासले डिभीको नयाँ कार्यक्रम बुधवार, अक्टोबर १८ (कार्तिक १) राति ९:४५ बाट नोवेम्बर २२ (मङ्सिर ६) बुधवार राति १०:४५ सम्म कायम गरिएको जनाएको छ ।

दुतावासका अनुसार यसअघि फारम भरेकाले पनि फेरी फारम भर्नु पर्ने उल्लेख गरेको छ । यसअघिको कन्फरमेसन नम्बर पनि काम नलाग्ने बताइएको छ ।
डिभी कार्यक्रम र प्रकृयाको निष्पक्षताका लागि पहिले दिइएका आवेदनलाई मान्यता नदिइएको दुतावासले जनाएको छ । 

यस कार्यक्रममा सहभागी हुनका निम्ती यो नयाँ [बुधवार, अक्टोबर १८ (कार्तिक १) राति ९:४५ बाट नोवेम्बर २२ (मङ्सिर ६) बुधवार राति १०:४५ सम्म] समयमा फेरी आवेदन दिनुपर्नेछ । तर यस नयाँ आवेदन अबधीमा एक पल्ट भन्दा धेरै पटक आवेदन दिएमा अयोग्य हुने छ ।

दुताबासले सन् २०१९ को डिभी भर्दा तोकिएको समयमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्ने जनाएको छ ।

डिभी भर्दा पारिवारिक विवरणमा आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई अनिवार्य रुपमा सूचिकृत गर्नु पर्ने र उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिने जानकारी दिएको छ ।

डिभी भर्दा एक जनाले एक वटा मात्र आवेदन भनर पाइने र एक भन्दा बढी आवेदन भरे सो आवेदन चिट्ठ का लागि अयोग्य हुने छ । साथै डिभीमा प्रयोग गरिने फोटो हालसालै खिचिएको र फोटो सम्बन्धि नियम कडाईका साथ पालना गरेको हुनु पर्ने जनाएको छ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु नहुने पनि जानकारी दिएको छ ।

सन् २०१९ को डिभीको नतिजा सन् २०१८ को मे १ अर्थात २०७५ बैशाख १८ गते www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर अनुसार हेर्न सकिने दुताबासले जानकारी दिएको छ ।

डिभी कार्यक्रममा छानिना साथ भिसा पाउने निश्चित नहुने दुताबासले जानकारी दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै