• २०८१ बैशाख ७ शुक्रबार

बारा जिल्ला जलमग्न : दलित बस्ती डुबानमा (फोटो फिचर)

kharibot

बारामा डुबानमा परेका बस्तीहरु, तस्विर : खरीबोट

बारा, विहिवार देखिपरेको अविरल बर्षाका कारण बारा जिल्ला अहिले जलमग्न भएको छ ।

जिल्लाको जीतपुर , सिमरा , नितनपुर , पथलैया , निजगढ लगायतको बिभिन्न स्थानको बस्तीहरु डुवानमा परेका छन् । जिल्लामा रहेको भाँग्रा खोला , पसाहा खोला , श्रीसिया खोला , दुधौरा खोलामा आएको बाढी बस्तीमा पसे पछि सिमरा स्थित बिद्युत गृह लगायत जिल्लाको सयौं घरहरु डुवानमा परेका हुँन् । 

बिद्युत प्राधिकरण अन्तर्गतको सिमरा सवस्टेशन पुरै डुवानमा परे पछि बिद्युत प्रशारण समेत अवरुद्ध भएको छ । भने कम्पाउण्ड भित्रका प्राय सबै जसो सामाग्री डुवेका छन् । 
अबिरल परेको पानीबाट आएको बाढी सवस्टेशन गृहमा पसे पछि करिब चार घण्टा बिद्युत लाईन अवरुद्ध भएको थियो । त्यस्तै रातमा परेको पानीले पनि आंशिका रुपमा बिद्युत अवरुद्ध भएको छ । 

हाईटेन्शन लाईनको तल हुँदै आउँने यो बाढीको निकास नहुँदा वर्षातको समयमा बर्षेनी सवस्टेशन प्रभावित हँुने गरेको छ । अव्यवस्थित बसोबास , बिभिन्न उद्योग तथा स्थानीयहरुबाट भएको भाँग्रा खोला अतिक्रमणले खोलाको वहावट परिवर्तन हुँदा यो समस्या आउँने गरेको स्थानीयको भनाई छ ।

जिल्लाको गढीमाई नगरपालिका वडा नं.१० स्थित नितनपुरटोलमा रहेको दलित बस्तिमा पनि बाढीले अत्याधिक मात्रामा क्षेती पु¥याएको छ । स्थानीय श्रीसिया खोलामा आएको बाढीले दलित बस्ती नैं डुबानमा परेको हो । 

बाढीले स्थानीयहरुको घर बगाउँनुका साथै बाख्रा , बुंगुर , हाँस , कुखुरा , अन्नबाली , रुपैयाँ पैसा लगायतको बिभिन्न सामग्रीहरु बगाएर लगेको उनीहरु बताउँ छन् । बस्ती नैं डुबानमा परे पछि दलितहरुलाई खान , बस्न तथा लाउँने कपडाको धौधौ परेको उनीहरुले गुनाँसो गरेका छन् । 

उता वर्षाका कारण निजगढ हाट बजार आसपासका बस्ती पनि डुबानमा परेको छ । शहीद चोक , योजनाटोल , असी बिघा , सिगौंल , रतनपुरीमा गरी सय घर भन्दा बढी डुबानमा परेको छ । निजगढ राजमार्ग देखि उत्तर तर्फका घरहरु बर्सेनी डुबानमा पर्दै आएका छन् । वर्षाको पानीको सहज निकास हुँन नसके पछि घर डुबानमा पर्दै आएको हो ।
स्थानीय खयर खोलाले यहाँका बस्तीलाई जोखिममा पारेको छ । बर्सेनी आउँने भेलले खोला किनारको जमिन कटान गर्दै आएको छ ।

गरिब तथा असहाय दलित समुदायका बासिन्दाहरुको सर्वस्व बाढीले बगाएर लगे पछि उनीहरुलाई अहिले खान , लाउन र बस्न धौधौ परेको छ । हो यही समय हो गरिब असाहायहरुको घाउमा मल्हम लगाउँने बेला । उनीहरु अहिले राहतको पर्खाईमा रहेकोले हामी आम नेपाली काँधमा काँध मिलाएर दिन दुखियाहरुलाई सह्योग गर्नु पर्ने बेला आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै