• २०८१ बैशाख १३ बिहीबार

नेप्सेद्धारा नविरकण शुल्क नबुझाउने एक दर्जन कम्पनीहरुलाई कारवाही

kharibot

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले एक दर्जन भन्दा बढी कम्पनीहरुलाई कारवाही गरेको छ ।

नेप्सेका अनुसार धितोपत्र कारोवार नियमावली २०५० को अनुसुची ९ बमोजिम सुचीकृत कम्पनीहरुले चुक्ता पुंजीको आधारमा एक करोड रुपैयाँसम्म चुक्ता पुंजी हुनेले १५ हजार, एक करोड देखि पाँच करोड रुपैयाँसम्म चुक्ता पुंजी हुनेले २५ हजार, पाँच करोड देखि १० करोड रुपैयाँसम्म चुक्ता पुंजी हुनेले ३५ हजार र १० करोड रुपैयाँ देखि माथि चुक्ता पुंजी हुनेहरुले ५० हजार रुपैयाँ बार्षिक नविरण शुल्क बुझाउनु पर्ने छ ।

उक्त नबिकरण शुल्क बुुभाउने अन्तिम समयसिमा असोज मसान्तसम्म हो । सोही आधारमा असोज मसान्तसम्म बार्षिक नबिकरण शुल्क नबुझाए पश्चात आज बुुधबार एक दर्जन भन्दा बढी कम्पनीहरुको सेयर कारोवारमा प्रतिवन्ध लगाएको नेप्सेले जानकारी दिएको छ । ति कम्पनीहरुको नाउँमा गत भदौ १२ गते नै बार्षिक शुल्क बुुझाउन निर्देशन दिईएको थियो । 

नेप्सेका अनुसार नबिकरण शुल्क नबुझाए कै कारण सेयर कारोवार रोक्का हुनेहरुमा कञ्चन डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, कन्काई डेभलपमेन्ट बैक, सप्तकोशी डेभलपमेन्ट बैंक, हाम्रो बिकास बैंक, नेशनल माईक्रो फाईनान्स, सिभिल लघुबित्त बित्तीय संस्था, महिला सहयात्रा बित्तीय संस्था, समता माईक्रो फाईनान्स, नागवेली लघुबित्त बिकास बैक, दिव्येश्वरी हाईड्रो पावर कम्पनी, युनिलिभर नेपाल लिमिटेड र ललितपुर फाईनान्स रहेकाछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै