वाम एकताको हाउगुजी पछि अबको काँग्रेस कता ?

खरीबोट

काठमाडौँ ।  बाम गठनधनका कम्पनले ध्रुवीकृत हुदै गएको नेपाली राजनीतिमा मुख्य सत्तारुढ दल काँग्रेस सबैभन्दा बढी चुनौतिमा चेपिएको छ । 

कांग्रेसका युवा नेता गगन थापाको भनाईलाई सापट लिने हो भने कांग्रेसका लागि यो ठुलो अवसर पनि हो, आफैलाई सच्याउने । तर कांग्रेसको रणनिति न त गगनले भने जस्तो गरी अगाडी बढ्दै छ न त प्रष्ट रणनीति नै बनाउन सकेको छ । बरु कांग्रेस पनि बाम गठबन्धनले जस्तै दलहरुसँग वार्ता र गठबन्धन बनाउन मै व्यस्त देखिन्छ । यसै क्रममा विजय गच्छदारको लोकतान्त्रिक फोरम, कुमार खड्काको अखण्ड नेपाल जस्ता दलहरुलाई पार्टीमा विलय गरेर नेता थपेको छ । 

काँग्रेसले ईतिहासको विरासत मात्रै होईन वर्तमानको चुनौतिलाई पार लगाउन उसले एकतावद्ध, संगठित र समर्पित रुपमा चुनौतिको सामना गर्नुपर्नेछ । हाल सत्तामा रहेको कांग्रेस नेतृत्व बाम गठबन्धन लोकतन्त्रका लागि नै चुनौती भन्दै आवेशमा आएको छ तर एमाले र माओवादी केन्द्रको धरातल र दुवै दलका कार्यकर्ताको मिटर कांग्रेसले नाप्न विर्सेको छ । 
बाम एकताको संगठित राजनीतिक ध्रुवीकरण सत्तारुढ काँग्रेसका लागि सुनौलो अवसर हुन् सक्छ कांग्रेस नेतृत्वले सहि रणनिति बनाएमा । 

गुटबन्दीको व्यवस्थापन :

कांग्रेसको सबै भन्दा ठुलो शत्रु जहिले पनि पार्टी बाहिर भन्दा पार्टी भित्रकै गुट उपगुट हो भन्ने कुरा कांग्रेसका सबै नेता कार्यकर्तालाई थाहा छ । अहिले बाम गठबन्धन बनेपनि कांग्रेसले आफ्ना अनेकन गुटको सहि व्यवस्थापन गर्न सक्यो भने बाम गठबन्धनको चुनौतीलाई सजिलै तोड्न सक्छ । के अहिले कांग्रेसमा त्यो सम्भव छ त रु पछिल्लो घटनाक्रमले त त्यस्तो संकेत देखिदैन । हालै निर्वाचनको टिकट वितरण गर्न गठित संसदीय बोर्डमा विधान विपरित पहिला १७ जना र पछि ५ जना थप गरेर २२ पुर्याइएको छ । 

सभापति देउवा र वरिष्ठ नेता पौडेलको गुटबाट अब कांग्रेसमा सिटौला, खड्का र कोइरालाहरुको गुट खुला रुपमा देखिएको छ भने अन्य नेतै पिच्छेका उपगुटहरु पनि सक्रिय रहेका छन् । 

अलिकति पछाडी फर्केर हेर्ने हो भने २०५६ को आम चुनावमा पनि तत्कालिन नेता गिरिजाप्रसाद कोईराला र कृष्णप्रसाद भट्टराईको संवन्ध कटु नै थियो । तर गिरीजाले नै भावि प्रधानमन्त्री भनेर किशुनजीलाई प्रस्तावित गर्दा काँग्रेसले एकमना नसके पनि बहुमत ल्याएको थियो । र भट्टराईको नेतृत्वमा काँग्रेसको सरकार बनेको थियो । सोहि नजिरका आधारमा सभापति तथा प्रधानमन्त्री देउवाले यो साहसिक, त्यागी र राजनेताको हैसियत यही चुनावमा देखाउन सक्छन त रु देउवाले कांग्रेसको अबको प्रधानमन्त्रीमा वरिष्ठ नेता पौडेल या अरु कुनै पात्रलाई अगाडी ल्याउने आँट गर्लान त रु तुरुन्तै त्यस्तो संकेत नदेखिए पनि राजनीति अनिश्चितताको खेल भएकाले असम्भव भने भन्न सकिन्न । 

अर्को तिर वरिष्ठ नेता पौडेलले अब आफूलाई गुटको सरदार भन्दामाथि उठेर पार्टी र आम कार्यकर्तालाई समेट्न पट्टि लाग्नु पर्ने देखिन्छ ।  हरेक नियुक्तिमा भागबन्डा खोज्ने नेता पौडेलको कार्यनीतिले उनलाई पार्टीको नेताबाट एउटा गुटको नेता बनाउदै छ भन्ने बिर्सिएको जस्तो देखिएको छ । 

त्यस्तै कांग्रेसको पर्याय बनेको कोइराला परिवार पछिल्लो समय नेतृत्व विहिन अवस्थामा रहेको छ ।  हालै कोईराला नेतात्रय  सुजाता, शसाँक र शेखरले पार्टीमा नयाँ गुट बनाउने प्रयास थालेका छन् र त्यसको असर पार्टीमा देखिन पनि थालेको छ । तीन कोईरालाले पनि कांग्रेसका अन्य गुट जस्तै भागबन्डामा सिमित भए कांग्रेस झन् कमजोर हुने छ तर गुटबन्दी भन्दा माथि उठेर आम कार्यकर्तालाई समेट्ने नीति लिए काँग्रेसको पार्टी जीवनमा नयाँ तरंग र उर्जा बन्नेछ । 

गठबन्धनको नापतौल:

आमरुपमा कांग्रेसको सबै भन्दा ठुलो शत्रु पार्टी भित्रकै गुट उपगुट भएकाले त्यसको सहि व्यवस्थापन गर्दै काँग्रेस एकलै चुनावमा जानुपर्छ । साथै पार्टीगत एलायन्स उम्मेद्धवारका आधारमा हुनुपर्छ । पार्टीले साना दललाई बोकेर वाम गठबनधन चिर्न सक्दैन र त्यसले कांग्रेसलाई त्यति फाइदा हुने पनि देखिदैन । काँग्रेसका कार्यकर्ता र मतदाता देशभर छन । अहिले सुतेका छन । उनीहरुलाई व्यूझाए पुग्छ । अरु दलको पुच्छर समातेर चुनावी वैतरणी तर्ने रणनितिले काँग्रेस झन् खुम्चिन्छ । यो कुरा कांग्रेस नेतृत्वलाई हेक्का हुनु पर्दछ ।

बाम एकताको हाउगुजी 

काँग्रेसले वाम एकतालाई हाउगुजी होईन, सामान्य अभ्यासका रुपमा चित्रण र ग्रहण गर्नु गराउनु पर्छ । यो काले काले मिलेर खाउ भाले गर्ने वामपन्थीहरुको कमाउपन्थी सहयात्रा हो भनेर वेजोड प्रचारवाजी गरे पुग्छ । वाम दलको एकताले काँग्रेसको देशभरको जनसमर्थनमा कुनै आँच आउन दिदैन । यो कुरा देशैभरका काँग्रेसीले बुझ्न सक्नुपर्छ ।

चुनावी रणनिति :

काँग्रेसले सिद्धान्त बेचेको होईन, चरित्र सिध्याएको हो । खासगरी नेतृत्वले । त्यसका लागि उसले जनताको घर दैलोमा गएर माफी मागे पुग्छ । महाअभियोगदेखि जन्ती मन्त्रीमण्डल वा माओवादीसंगको सत्ता आलोपालो र माओवादीको धोकाघडीलाई उसले जनतासामु दूधको दूध पानीको पानी प्रचाररात्मक रुपमा थापित गराउन सक्नुपर्छ । अब आम सभामा भोलि होईन आज, आज होईन अहिल्यै ।

अरु दल भन्दा पहिल्यै देश दौडाहामा निसक्नुपर्छ गगन थापा, विश्व प्रकाश शर्मा, प्रदिप पौडेल र गुरुरराज घिमिरे तथा धनराज गुरुङहरु । अनि ठूलो तरंग आउछ देशव्यापी सुतेका काँग्रेसी आफै जय नेपाल भन्दै बस्ती बस्तीबाट आउने छन वाम गठबन्धनलाई चुनौति दिन ।

काँग्रेसले बिगतको शासनको प्रचार होईन, भोलिको नेपालको समुन्नत तस्वीर पस्कन सक्नु पर्यो । जुन जोगि आए नी कानै चिरेको होईन, अबको काँग्रेस भिजनसहितको आर्थिक सम्वृद्धिका लागि हो भन्ने नयाँ युग र पुस्ता सुहाउदा छोटा प्रतिज्ञा र वाचा लिएर काँग्रेस जनतामा जानुपर्छ अब ।

काँग्रेसमा युवा र विद्यार्थीलाई परिचादन गर्ने नयाँ चुनावी अभियान सुरु हुनु आवश्यक छ । अहिलेका तरुण दल, नेविसंघ र अनय भातृ संगठनहरु स्वयंसेवी चुनावी यात्रा निस्किहाल्नुपर्छ । 

खासमा विगतको निर्वाचनलाई हेर्ने हो भने पनि काँग्रेसले प्रचार गर्न नजानेर चामल बेच्न सकिरहेको छैन । केन्द्रीय प्रचारयन्त्रलाई विकेन्द्रीत गरेर तुरुन्त लागू गर्ने रणनिति कांग्रेसले लागु गर्ने पर्ने देखिन्छ । त्यसैले काँग्रेसले अब ईतिहासको व्याजमा होईन, वर्तमानको पौरखमा जनताको निराशालाई आशामा बदल्न सक्ने कांग्रेस अबको आवस्यकता हो ।
 

सम्बन्धित समाचार

चुनाव जित्ने ओली, ‘पावर सेन्टर’ बने प्रचण्ड 

काठमाडौँ । आम निर्वाचनको प्रत्यक्षतर्फको मत परिणाम लगभग आइसकेको छ । अहिले समानुपातिकतर्फको मतपरिणाम आउने क्रममा रहेको छ । यससँगै अब नयाँ सरकार बनाउने गृहकार्य पनि सुरु हुन थालेको छ

किन हार्यो काँग्रेस ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको मतपरिणाम आउनेक्रम जारी छ । आइरहेका मत परिणाम अनुसार काँग्रेसको ऐतिहासिक हार भएको छ । शायद काँग्रेसले यस अघिका निर्वाचनमा यति ठुलो हार बेहोरेको थिएन

चुनावको मुखमा देउवाको मास्टर स्ट्रोक : पृथ्वी जयन्तीमा बिदा 

काठमाडौँ । तत्कालिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले एक अन्तर्वार्तामा पृथ्वी जयन्तीमा सरकारले बिदा दिने निर्णय गरेको खुलासा गरेका थिए ।  एक वर्ष अघि प्रचण्ड नेतृत्वको सरकारका उपप्रधानमन्त्री निधिकै त्यो खुलासाले आधुनिक

१० अर्बको भ्रष्टाचार, एक करोड जमानत : कसरी कम होला भ्रष्टाचार ?

काठमाडौँ । भन्नेहरु त भन्थे नेपालको कानुन दैवले जानुन । तर हैन रहेछ शायद, नेपालको कानुन दैवले होईन, देशको न्यायलयका न्यामूर्तिहरु मात्रै जान्दछन् । र, उनीहरु कानुनका नौं सिंगको साहारामा