• २०८१ बैशाख ८ शनिबार

संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको गृहकार्य शुरु

kharibot

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारी समायोजन ऐन–२०७४ प्रमाणीकरण गरेसंगै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्नका लागि सामान्य प्रशासन मन्त्रालयले गृहकार्य थालेको छ । 

ऐन प्रमाणीकरण भएपछि छ महिनाभित्र तीनै तहको संगठनात्मक संरचना बनाउन कार्यदल गठन गर्ने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । 

गठित हुने विज्ञसहितको संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले छ महिनाभित्र कुन तहमा कति कर्मचारी आवश्यकपर्ने भनेर निक्यौल गर्ने उनले बताए । 

सर्वेक्षण समितिले समायोजनको नियमावलीसमेत बनाउनेछ । समितिले बनाएको नियमावलीको मापदण्डका आधारमा कर्मचारी तीनै तहमा समायोजन हुनेछ । उहाँले समितिले तयार पारेको आधारमा छ महिनाभित्र तीनै तहमा कर्मचारी समायोजन हुनेछन् । 

कर्मचारीलाई कार्यरत पदको ज्येष्ठताका आधारमा संघ, प्रदेश र स्थानीय तहमा रोजाइका आधार र स्थायी बसोबासका आधारमा समायोजन गरिने छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै