• २०८१ बैशाख १३ बिहीबार

कमल थापा बने उपप्रधानसहित उर्जा मन्त्री, गृह र परराष्ट्र प्रधानमन्त्रीले राखे 

kharibot

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् हेरफेर गर्दै राप्रपा अध्यक्षलाई उपप्रधानमन्त्री तथा उर्जा मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

माओवादी केन्द्रका सबै मन्त्रीहरुलाई उनिहर को जिम्मेवारीबाट हटाउदै प्रधानमन्त्री देउवाले महत्वपूर्ण मन्त्रलाय मानिएका गृह र परराष्ट्र मन्त्रलाय भने आफैसँग राखेको बलुवाटार स्रोतले बताएको छ ।

माओवादी मन्त्रीहरुले राजिनामा नदिएपछि प्रधानमन्त्रीले माओवादी केन्द्रका सबै मन्त्रीलाई बिना विभागीय बनाएका हुन् । सरकारमा माओवादी मन्त्रीहरुले महत्वपूर्ण जिम्मेवारी सम्महाल्दै आएका थिए। माओवादीले उपप्रधान सहित परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, सहरी विकास, शिक्षा जस्ता महत्वपूर्ण मन्त्रालय सम्हालेको थियो।

प्रधानमन्त्री देउवाले मंगलबार विहान माओवादी अध्यक्ष प्रचण्डसँग भएको भेटमा माओवादी मन्त्रीहरु सरकारमा बस्नुको औचित्य नभएको भन्दै राजिनामा दिन सल्लाह दिएका थिए । साथै भेटमा राजीनामा नदिए मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी समेत दिएको बताइएको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै