• २०८१ बैशाख १३ बिहीबार

दीपिकाको मनमा अझै छन् रनबीर कपुर !

kharibot

मुम्बई । बलिवुडमा सेलिब्रेटीको प्रेम प्रसंग मिडिया र उनीहरुका फ्यानहरुका लागि निकै मसला बन्ने गर्दछ । 

पछिल्लो समय फिल्म पद्मावतीबाट चर्चामा आएकी अभिनेत्री दीपिका पदुकोनेले आफ्ना पूर्वप्रेमी बारे गरेको खुलासाले अहिले पनि दीपिकाले रनबीर कपुरलाई भुल्न नसकेको बुझ्न सकिन्छ ।

दीपिकाले हालै एक अन्तर्वार्ताका क्रममा उनको जीवनको सबै भन्दा रोमान्टिक क्षणबारे जवाफ दिदै रनबीर कपुरले उपहार स्वरूप दिएको पियानो पाएको क्षण बताएकी छन् । सो क्षण बारे बताउदै दीपिकाले आफु पियानी सिक्न निकै उत्सुक रहेको बेला त्यति बेलाका प्रेमी रनबीर कपुरले आफुलाई पियानो उपहार पठाएको क्षण आफु सबै बढी रोमान्चित भएको बताएकी छन् ।

लामो समयसम् प्रेम सम्बन्धमा रहेका दिपीका र रनबीरबीच सन् २००९ मा ब्रेकअप भएको थियो । दीपिकाले भने रनबीर कपुरलाई अहिले पनि उत्तिकै प्रेम गर्ने उनका अभिव्यक्तिबाट बुझ सकिन्छ । यँहा सम्मकी दीपिकाले सो समयमा रनबीर कपुरको नामको टाटु समेत बनाएकी थिइन् ।

पछिल्लो समय रनबीर सिंहसँग पनि ब्रेकअप भएको खबर आइरहेका बेला दिपीकाले पुर्वप्रेमी रनबीरलाई सम्झिनुलाई बलिवुडमा आश्चर्यजनक रुपमा लिइएको छ ।

हाल दीपिकाको फिल्म पद्मावती आगामी डिसेम्बर एक मा रिलिज हुदै छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै