• २०८१ बैशाख ७ शुक्रबार

रसुवागढी नाका ६ दिनका लागि बन्द  

kharibot

फाइल तस्बिर

रसुवा । चीनमा बुधबार हुन लागेको कंग्रेससभाको चुनावका लागि रसुवागढी नाका बन्द गरिएको छ । 

नेपाल र चीनबिच सञ्चालनमा रहेको एकमात्र अन्तर्राष्ट्रिय व्यापारिक नाका ६ दिनका लागि बन्द गरिएको प्रहरीले जनाएको छ ।  १९औँ चिनियाँ नेशनल कांग्रेससभा तथा चीनतर्फको बाटो मर्मत गर्नुपर्ने कारण देखाउँदै चिनियाँ पक्षले सीमा नाका बन्द गरेको रसुवा प्रहरीले जनाएको छ । 

चुनावभरका लागि चीनको केरूङमा बसिरहेका नेपालीलाई नेपाल फर्काइएको छ । व्यापारका लागि केरुङ पुगेका, होटल व्यवसाय सञ्चालन गरेर बसेका तथा रोजगारीका लागि केरूङमा रहेका सबै नेपालीलाई नेपाल फर्काइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै