• २०८१ बैशाख ७ शुक्रबार

फुटबलमा यी हुन् पछिल्ला २० बर्षका महंगा ट्रान्सफर 

kharibot

पिएसजीमा नेइमारलाई स्वागत गर्दै पिएसजीका अध्यक्ष नासिर अल खेलाफी

काठमाडौँ, व्यावसायिक फुटबलको विकासले पछिल्लो पटक ब्राजिलियन खेलाडी नेइमारलाई किन्दा फ्रेन्सको क्लब पेरिस सेन्ट जर्मन(इएसजी) ले १९८ मिलियन पाउण्ड खर्च गरेपछि फुटबल जगतमा हलचल मच्चिएको छ ।

२५ बर्षिय खेलाडी नेइमारको ट्रान्सफर शुल्क विश्व फुटबलमा अहिलेसम्मकै धेरै हो । यतिमात्र होइन नेइमारले प्रति साता पिएसजीबाट ५ लाख पाउण्ड पारिश्रमिक पनि पाउने छन् ।

पिएसजीले गरेको यो खर्चमा प्रश्न पनि उठेको छ । ला लिगाका अध्यक्षले पिएसजीले फाइनान्सियल अनुशासन भन्दा बाहिर गएर नेइमारलाई किनेको आशंका गर्दै पिएसजीले बुझाएको रकम बुझ्न नै अस्विकार गरेका छन् । यसले नेइमारको ट्रान्सफरलाई कुनै असर नगरेपनि पिएसजीले गरेको खर्च माथि भने प्रश्न उठेको छ ।

बार्सिलोनाले त युरोपियन फुटबल महासंघले यस घटनाको छानबिन हुनुपर्ने बताएको छ । पिएसजीले गरेको खर्च हेर्दा उसको कमाइ रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड जस्ता ठुला क्लबको भन्दा बढी देखिएको खेल विश्लेषकहरुले बताएका छन् तर वास्तविकतामा भने त्यस्तो छैन । पिएसजीका कतारी मालिक नासिर अल खेलैफीले पिएसजीले पारदर्शी रुपमा नै नेइमारलाई किनेको भन्दै मिडियामा आएका कुरालाई आफुले प्रवाह नगर्ने बताएका छन् । 

हामीले यस लेखमा पछिल्लो २० बर्षका महंगा ट्रान्सफरको चर्चा गर्न खोजेका छौ ।

यसमा सबै भन्दा पहिला ब्राजिलका रोनाल्डोको चर्चा गरौ सन् १९९७ मा बार्सिलोनाबाट इटालीको क्लब इन्टरमिलानमा जाँदा रोनाल्डोलाई किन्न इन्टरले १९.५ मिलियन पाउण्ड खर्च गरेको थियो । त्यति बेलाको यो सबै भन्दा महँगो ट्रान्सफर शुल्क थियो । त्यसपछि सन् १९९८ मा ब्राजिलियन खेलाडी डेनील्सनले ब्राजिलियन क्लब साओ पाउलोबाट स्पेनको रियल बेटिसले किन्दा २२ मिलियन पाउण्ड खर्च गरेको थियो । 

त्यस्तै सन् २००० मा इटालीका क्रिस्टियन भियेरी लाजियोबाट इन्टरमिलानले किन्दा २८ मिलियन पाउण्ड खर्च गरेको थियो । त्यस्तै सन् २००० मा अर्जेन्टिनी खेलाडी हर्नान क्रेस्पोलाई लाजियो क्लबले पार्माबाट किन्दा ३६ मिलियन पाउण्ड खर्च गरेको थियो । 

त्यसपछिको रेकर्ड ट्रान्सफर शुल्क रियल म्याड्रिडले पोर्चुगलका खेलाडी लुइस फिगोलाई सन् २००० मा बार्सिलोनाबाट किन्दा खर्च गरेको थियो । फिगोको लागि रियलले ३७ मिलियन पाउण्ड खर्च गरेको थियो ।

फ्रान्सका चर्चित खेलाडी एवं अहिले रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सन् २००१ मा युभेन्टसबाट रियल म्याड्रिड आउदा ट्रान्सफरको नयाँ रेकर्ड बनाएका थिए । जिदानक लागि रियलले त्यतिबेला ४५ मिलियन पाउण्ड खर्च गरेको थियो ।

खेलाडी ट्रान्सफरको यो रेकर्ड लामो समय सम्म तोडिन सकेन । त्यसपछि सन् २००९ मा रियल म्याड्रिडले ब्राजिलियन खेलाडी काकालाई एसी मिलानबाट ५६ मिलियन पाउण्ड तिरेर किन्यो । यसै बर्ष रियलले म्यान्चेस्टर युनाइटेडबाट पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई रेकर्ड ८० मिलियन पाउन्डमा किनेर नयाँ रेकर्ड बनायो । रोनाल्डोको यो रेकर्डलाई तोड्दै सन् २०१३ मा रियलले वेल्सका खेलाडी ग्यारेथ बेललाई टोटनह्यामबाट किन्यो । बेलका लागि रियलले ८५ मिलियन पाउण्ड खर्च गरेको थियो । 

त्यसपछि २०१६ मा आएर म्यान्चेस्टर युनाइटेडले फ्रेन्च मिड फिल्डर पाउल पोग्वालाई रेकर्ड ८९ मिलियन पाउण्डमा युभेन्टसबाट किन्यो । अहिलेसम्मको रेकर्ड ब्रेक गर्दै पिएसजीले बार्सिलोनाबाट नेइमारलाई किन्न १९८ मिलियन पाउण्ड खर्च गर्यो ।

युरोपको फुटबल इतिहासमा नेइमारको ट्रान्सफर शुल्कले फुटबल दुनियाँलाई हैरान गराएको छ । अब सबैको ध्यान नेइमारले पिएसजीलाई कुन उचाईमा पुर्याउछन भन्ने रहेको छ । पिएसजीका अध्यक्षले नेइमारसंगको संयुक्त पत्रकार सम्मेलनमा नेइमारलाई गरेको खर्च केहि बर्षमै उठ्ने विस्वास व्यक्त गरे । पेरिसमा पिएसजीका फ्यानहरु नेइमारको जर्सी किन्न लाइन लाग्न थालेका तस्विर सामजिक सञ्जालमा आउन थालेका छन् जुन पिएसजीका लागि सकरात्मक देखिएका छन् ।

अब नेइमारको यो रेकर्ड कसले तोड्ला यो हेर्न भने अहिले केहि समय पर्खिनु पर्ने देखिन्छ किनकी यो तहको ट्रान्सफर शुल्क तिर्नुपर्ने खेलाडीहरु अहिले तुरुन्तै आफ्नो क्लब छोड्ने स्थिति देखिदैन ।  

-एजेन्सीहरुको सहयोगमा 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै