• २०८१ बैशाख ७ शुक्रबार

मार्कसिट बनाई बेच्ने सञ्जालका सदस्य पक्राउ

kharibot

कलैया । विभिन्न तहको नक्कली लब्धाङ्क पत्र (मार्कसिट) बनाएर बेच्ने सञ्जालका एक सदस्यलाई पक्राउ गरी सोमबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । 

एसएलसी परीक्षको नक्कली लब्धाङ्क पत्र र अन्य कागजातसमेत तयार गरी डाबर नेपाललगायत अन्य करखानामा जागिर लगाउनेसमेत काम गर्दै आएको सर्लाही इशवरपुर नगरपालिका–९ बस्ने अवधेश साहलाई पक्राउ गरी पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको प्रहरी उपरीक्षक राजकुमार वैधवारले बताए । 

विशेष सूचनाका अधारमा साहलाई असोज २८ गते जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित डाबर नेपालको अगाडि सडकबाट नियन्त्रणमा लिई निजले बोकेको झोलामा खानतलासी गर्दा एसएलसीको नक्कली लब्धाङ्क पत्र भेटाएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता भुनेश्वर साहले बताए । 

नक्कली लब्धाङ्क पत्र बनाउने सञ्जालमा बारा, पर्सा र रौतहटका केही व्यक्तिको समेत संलग्नता देखिएको हुँदा ती व्यक्ति पनि चाँडै प्रहरी नियन्त्रणमा आउने प्रवक्ता साहले दाबी गर्नुभयो । पक्राउ परेका साहलाई असोज २९ गते नै जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान थालिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै