• २०८१ बैशाख १४ शुक्रबार

लेस्टर सिटी महरेजको गोलमा हारबाट जोगियो 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा लेस्टर सिटीले वेष्टब्रोमसँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले वेष्ट ब्रोमसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको हो । 

पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ६३औं मिनेटमा नासर चाड्लीको गोलबाट वेष्टब्रोमले अग्रता लिएको थियो । तर ८०औं मिनेटमा रियाद महरेजले लेस्टर सिटीका लागि बराबरी गोल गरेर टिमलाई हारबाट जोगाएका थिए ।

महरेजले प्रिमियर लिगमा यो सिजन पहिलो गोल गरेका हुन् । यो बराबरीपछि ८ खेलबाट ६ अंक मात्रै जोडेको लेस्टर सिटी लिगको १८औं स्थानमा छ । त्यस्तै १० अंकसहित वेष्ट ब्रोम १०औं स्थानमा उक्लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै