एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी 

खरीबोट

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् । 

गएराती काठमाडौंमा सम्पन्न भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । उनले ११ सय ९७ मत प्राप्त गरेका छन् । गुरुङले भने ५ सय ८४ मत प्राप्त गरेकी छन् । कुल १८५४ मतदाता मध्ये १७८८ मतदाताले मतदान गरेका थिए । 

अध्यक्षमा विजयी भट्टले आफ्नो कार्यकालमा एनआरएन स्थापना कालदेखि सुरु भइ पुरा नभएका ऐजेन्डाहरुमा काम गर्ने बताएका छन् ।  भट्टले चुनावी परिणामलाई मनमा नलिइ एनआरएनए अभियानमा सहभागी हुन उनले आव्हान समेत गरेका छन् । 

एनआरएनएको भवन निर्माण, लाप्राक पुनर्निर्माण, स्मार्ट र एकेडेमी एनआरएन, सामूहिक लगानी लगायत ऐजेन्डाहरु समेत अघि बढाउने उनले बताए । 

दुई उपाध्यक्ष पदका लागि ६ जनाबीच भएको निर्वाचनबाट कुमारप्रसाद पन्त र कुल आचार्य विजयी भएका छन् । महिला उपाध्यक्ष भने सपिला राजभण्डारी विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ । महासचिव पदमा  पुन: डा. बद्रि केसी निर्वाचित भएका छन् । 

६ जना उमेदेवारबीच दुई सचिवका लागि भएको प्रतिस्पर्धामा डबरबहादुर क्षेत्री र जानकी गुरुङ विजयी भएका छन् । कोषध्यक्षमा पुन: हिक्मतबहादुर थापा बिजयी भएका छन् । सह कोषाध्यक्षमा सोमनाथ सापकोटा बिजयी भएको निर्वाचन समितिले जनाएको छ । 

त्यस्तै महिला संयोजकमा भूमादेवी लिम्बु निर्वाचित भएकी छन् । युवा संयोजकमा सुदन थापा निर्वाचित भएका छन् । 

सन् २००३ मा स्थापना भएको एनआरएनमा २१ जनाको कार्यसमिति हुन्छ । उक्त समिति भित्र छ वटा क्षेत्रिय, महिला र युवा समितिको संयोजक र उपसंयोजक रहने व्याबस्था छ । सम्मेलनमा विश्वका ६० भन्दा बढी मुलुक गैरआवासीय नेपाली सहभागी भएका थिए । 

एनआरएनएले हालसम्म ७८ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । संघको महाधिवेशन हरेक २ वर्षमा नेपालमै हुने गरेको छ ।
 

सम्बन्धित समाचार

एनआरएनएको अध्यक्षमा भवन भट्ट विजयी 

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।  गएराती काठमाडौंमा सम्पन्न भएको आठौ महाधिवेशमा प्रत्यासी जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् ।

एनआरएन अध्यक्षमा भट्ट र गुरुङको उम्मेदवारी, ४ बजेबाट मतदान सुरु

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट र जमुना घलेले उम्मेदवारी दर्ता गरेका छन् ।  शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा आइतबार साँझबाट आज बिहान १०ः३० बजेसम्मका लागि उम्मेदवारी दर्ताका

एनआरएनएको विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु, सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने

काठमाडौँ, गैरआवासीय नेपाली संघ (एनआरएनए)को आठौँ विश्व सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ । काठमाडौंको पाँच तारे होटलमा सुरु भएको उक्त सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले आज गरेकी छिन् । असोज

एनआरएनएको अध्यक्षमा जमुना घले र भवन भट्टको प्रतिष्पर्धा हुने

काठमाडौँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य