• २०८१ बैशाख ७ शुक्रबार

चीनले पठाएको अन्तरिक्ष स्टेसन पृथ्वीमा खस्ने निश्चित भएको हार्वर्डका विद्वानको चेतावनी 

kharibot

नियन्त्रणबाहिर रहेको भनिएको चिनियाँ स्याटेलाइट टिआंगोंग १ । तस्बिर : एपी

बेलायत । ८.५ टन तौलको टिआंगोंग १ वा ‘स्वर्गीय स्थान’ नामको चिनियाँ स्याटेलाइट अन्तरिक्षमा अनियन्त्रित भएको बताइएको छ । फक्स न्युजका अनुसार उक्त स्याटेलाइट पृथ्वीमै झर्ने सम्भावन बढेको छ । एक विज्ञले यस्तो चेतावनी दिएका हुन्  ।

उनले भनेका छन्, ‘म के आशा गर्छु भने यो केही महिनामै पृथ्वीमा खस्नेछ ।’ उनका अनुसार २०१७ को अन्त्यतिर वा २०१८ को सुरुमै यो खस्नेछ । हार्वर्ड युनिभर्सिटीका एस्ट्रोफिजिसिष्ट (अन्तरिक्ष विज्ञ) जोनादन म्याक डोवेलले यस्तो चेतावनी दिएका हुन् । तर उनले उक्त स्पेस स्टेसन कहाँ खस्नेछ भन्नेबारे केही पनि बताएका छैनन् । 

तर खस्दै गर्दा भने पृथ्वीको वायुमण्डलमा जल्ने भएकाले यसको कत्रो आकार खस्ने भन्ने केही बताइएको छैन । तर उनले ठूलो परिमाणको धातु पृथ्वीमा खस्नेमा भने कुनै शंका नरहेको बताएका छन् । यो खस्दै गर्दा तल भएको मानिस भने निश्चित रुपमा मर्ने वा घाइते हुनेछन्, उनले भनेका छन् । 

उनका अनुसार १०० किलोको धातु पृथ्वीमा खस्नेछ । गत अप्रिलमा चीनले मंगलग्रहको कक्षमा एयरक्राफ्ट पठाउने बताएको थियो । उसले २०२० सम्ममा मंगल ग्रहको सतहमै ल्यान्ड गर्ने महत्वाकांक्षा नै राखेको थियो  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै