चीनले पठाएको अन्तरिक्ष स्टेसन पृथ्वीमा खस्ने निश्चित भएको हार्वर्डका विद्वानको चेतावनी 

खरीबोट

नियन्त्रणबाहिर रहेको भनिएको चिनियाँ स्याटेलाइट टिआंगोंग १ । तस्बिर : एपी

बेलायत । ८.५ टन तौलको टिआंगोंग १ वा ‘स्वर्गीय स्थान’ नामको चिनियाँ स्याटेलाइट अन्तरिक्षमा अनियन्त्रित भएको बताइएको छ । फक्स न्युजका अनुसार उक्त स्याटेलाइट पृथ्वीमै झर्ने सम्भावन बढेको छ । एक विज्ञले यस्तो चेतावनी दिएका हुन्  ।

उनले भनेका छन्, ‘म के आशा गर्छु भने यो केही महिनामै पृथ्वीमा खस्नेछ ।’ उनका अनुसार २०१७ को अन्त्यतिर वा २०१८ को सुरुमै यो खस्नेछ । हार्वर्ड युनिभर्सिटीका एस्ट्रोफिजिसिष्ट (अन्तरिक्ष विज्ञ) जोनादन म्याक डोवेलले यस्तो चेतावनी दिएका हुन् । तर उनले उक्त स्पेस स्टेसन कहाँ खस्नेछ भन्नेबारे केही पनि बताएका छैनन् । 

तर खस्दै गर्दा भने पृथ्वीको वायुमण्डलमा जल्ने भएकाले यसको कत्रो आकार खस्ने भन्ने केही बताइएको छैन । तर उनले ठूलो परिमाणको धातु पृथ्वीमा खस्नेमा भने कुनै शंका नरहेको बताएका छन् । यो खस्दै गर्दा तल भएको मानिस भने निश्चित रुपमा मर्ने वा घाइते हुनेछन्, उनले भनेका छन् । 

उनका अनुसार १०० किलोको धातु पृथ्वीमा खस्नेछ । गत अप्रिलमा चीनले मंगलग्रहको कक्षमा एयरक्राफ्ट पठाउने बताएको थियो । उसले २०२० सम्ममा मंगल ग्रहको सतहमै ल्यान्ड गर्ने महत्वाकांक्षा नै राखेको थियो  ।

सम्बन्धित समाचार

चीनले पठाएको अन्तरिक्ष स्टेसन पृथ्वीमा खस्ने निश्चित भएको हार्वर्डका विद्वानको चेतावनी 

बेलायत । ८.५ टन तौलको टिआंगोंग १ वा ‘स्वर्गीय स्थान’ नामको चिनियाँ स्याटेलाइट अन्तरिक्षमा अनियन्त्रित भएको बताइएको छ । फक्स न्युजका अनुसार उक्त स्याटेलाइट पृथ्वीमै झर्ने सम्भावन बढेको छ ।

मिसन मंगलग्रह ! अन्तरिक्षमा तैरिने बेसक्याम्प बनाएर मंगलग्रहको जानकारी लिइने

अमेरिका । लकहिड मार्टिनले मंगलग्रहबारे थप अनुसन्धान गर्न अन्तरिक्षयात्रीहरुका लागि तैरिने अन्तरिक्ष प्रयोगशाला बनाइरहेको छ । दुई ग्रहबीचमा रहने जहाजले नक्षत्रमार्गको आउटपोष्ट र साइन्स ल्याबको रुपमा काम गर्ने बताइएको छ

के हो 'क्यासिनी' अन्तरिक्ष यान ? नासाको महत्वाकांक्षी मिसनको अन्त्य

अमेरिका । ३.९ बिलियन डलरको महंगो अनुसन्धान मिसन शुक्रबार पूरा भएको छ । १३ वर्ष लामो अन्तरिक्ष यात्रा पूरा गर्दै शनि ग्रहको मण्डलमा पुगी नासाको क्यासिनी नामक अन्तरिक्ष यान (स्याटेलाइट)ले