• २०८१ बैशाख ८ शनिबार

झापादेखि कञ्चनपुरसम्म राजपाले कांग्रेससँग माग्यो ६० प्रतिशत सिट

kharibot

काठमाडौं । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले कांग्रेसले झापादेखि कञ्चनपुरसम्म आफूहरुलाई ६० प्रतिशत सिट नदिए चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालबीच गठबन्धन बनेको उल्लेख गर्दै चुनावमा जाँदा झापादेखि कञ्चनपुरसम्म कांग्रेसभन्दा बढी नै सिट मागेको बताए ।

उनले कम्तीमा ५० देखि ६० प्रतिशत आफूहरुको गठबन्धनलाई दिएमात्रै कांग्रेससँग चुनावी तालमेल हुने जिकिर गरेका हुन् । उनले यदि आफूहरुले मागेजतिमा सहमति नभए कांग्रेससँग स्वस्थ चुनावी प्रतिस्पर्धा हुने विश्वास दिलाए ।

नेता कर्णले तोकिएकै मितिमा चुनाव हुने भन्दै चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह समेत गरे । उनले भने, ‘चुनाव हुन्छ, यदि चुनाव भएन भने देश सामान्य अवस्थामा रहन सक्दैन, त्यसैले तोकिएकै समयमा निर्वाचन हुन्छ, यसमा कसैले शंका गर्नुहुँदैन ।’

उनले आफू पर्सा ४ बाट चुनाव लड्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै