• २०८१ बैशाख ७ शुक्रबार

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो, जर्मनी शिर्ष स्थानमा कायमै

kharibot

काठमाडौँ । फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १७६औ स्थानमा पुगेको छ ।

फिफाले सोमबार सार्वजनिक गरेको अक्टोबर महिनाको विश्व वरियतामा नेपाल १७५औं बाट १७६औ स्थानमा पुगेको हो । नेपाल यस अघि जुलाई महिनामा १७०औ स्थानमा रहेको थियो । नेपालले अघिलो हप्ता ताजकिस्तानसँग खेलेको खेलमा पराजित भएपछि फिफा वरियतामा पनि एक स्थान तल झरेको छ ।

नयाँ वरियता अनुसार सार्क देशमा भारतले दुई स्थान सुधार अग्र्दै १०५औ स्थानमा रहेको छ । भारत यसअघि अगष्ट महिनामा ९७औं स्थानमा थियो । त्यस्तै म्यान्मार १५५औ स्थानमा, माल्दिभ्स १५६औं स्थानमा,  अफगानिस्तानले चार स्थान सुधार गर्दै १५४औं स्थानमा रहेका छन् ।  

त्यस्तै नेपालभन्दा माथि रहेको अर्को दक्षिण एसियाली मुलुक भुटान १६ स्थान तल झर्दै १९०औं स्थानमा रहेको छ ।

त्यसैगरी नेपालभन्दा तल रहेको बंगलादेश १९६औं स्थानमा छ भने श्रीलंका १९८, पाकिस्तान २०१औं स्थानमा रहेको छ ।

विश्व वरियताको नम्बर एकमा जर्मनी कायम रहेको छ । अघिल्लो महिना ब्राजिललाई उछिन्दै जर्मनी शिर्ष स्थानमा उक्लिएको थियो । ब्राजिल यस महिनामा पनि दोस्रो स्थानमा रहेको छ । त्यस्तै हालै विश्वकप छनौट खेलमा राम्रो प्रदर्शन गरेको पोर्चुगल तेस्रो अर्जेन्टिना चौथो, बेल्जियम पाचौ, पोल्याण्ड छैठौ स्थानमा रहेका छन् ।

त्यस्तै फ्रान्स सातौ, स्पेन आठौ चिली नवौ र पेरु दशौ स्थानमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै