• २०८१ बैशाख ८ शनिबार

३१ वर्षमै विश्वको कान्छा राष्ट्रप्रमुख हुने दौडमा अस्ट्रियाका सेबास्टियन 

kharibot

तस्बिर : रोयटर्स

युरोप । अस्ट्रियाको पिपल्स पार्टीले देशमा भएको आम चुनावमा जितको नजिक पुगेको छ । यसमा खास के छ भने अस्ट्रियामा कन्जरभेटिभको रुपमा परिचित पिपल्स पार्टीका युवा नेतामाथि अहिले विश्वको ध्यान मोडिएको छ । ३१ वर्षका मात्र रहेका उनको नाम सेबास्टियन कुर्ज हो । 

यदि उनको पार्टीले चुनाव जिते उनी सबैभन्दा कान्छो उमेरका राष्ट्रप्रमुख हुनेछन् । यो विश्वका लागि नै आश्चर्यको कुरा हुने मिडियाहरुले जनाएको छ । उनको पार्टीले ३१ प्रतिशत भोट हासिल गर्नसक्ने आँकलन गरिएको छ । सेबास्टियन कुर्जले यसअघि नै विश्वकै युवा विदेशमन्त्रीको रुपमा जिम्मेवारी पूरा गरिससकेका छन् । उनले सन् २०१३ मा यो जिम्मेवारी निभाउँदा केवल २७ वर्षका थिए । उनलाई अष्ट्रियाको राजनीतिमा वुंडरवुज्जीको नामले पनि चिनिन्छ । 

अहिले उनको तुलना फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनसँग गरिँदै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै