• २०८१ बैशाख ४ मंगलबार

साना दललाई समेट्न नसकेको बाम एकता, बाबुरामको बहिर्गमन पहिलो गाँसमा ढुंगा

kharibot

काठमाडौँ । आगामी मंसिर १० र २१ म हुने संघीय तथा संसदीय चुनावका लागि आईतवारदेखि विधिवत प्रक्रिया प्रारम्भ भएको छ । आईतवार दलहरुले समानुपातिक तर्फको चुनावका लागि उम्मेद्धवारहरुको बन्द सूचि निर्वाचन आयोगमा दर्ता गरेका छन । यसको अन्तिम सूचि कात्तिक ६ मा दलहबाटै तय हुने भए पनि आईतवारको प्रक्रिया आरम्भले दलहरुको चुनावी गठबन्धनको रणनीति प्रकट गर्दछ । 

आईतवार अरु दलले आआफ्नै हिसाबले निर्वाचन आयोग सामु बन्दसूचि पेश गरे पनि वृहत वाम एकताको घोषणा अनुसार नेकपा एमाले, केकपा माओवादी केन्द्र र नयाँ शक्ति दलले संयुक्त रुपमा पूर्व घोषणा र समझदारी अनुसार तालमेल गर्न सकेनन् । डमीकै रुपमा भए पनि तीन दलले आआफ्नो दलका सूचि आयोगमा बुझाए । 

बस, वाम एकताको पहिलो गाँसमा नै लागेको ढुंगा यही हो । वाम एकता प्रक्रियाको पूर्वघोषणा अनुसार नयाँ शक्ति सूर्य चिन्हबाट चुनावमा नजानु बरु आफ्नै आखाँ चुनाव चिन्हका साथ अन्य लोकतान्त्रिक कित्ताका काँग्रेससँगको सहकार्यका वार्तामा बस्नुले बाम एकता सुरुमै संकटमा परेको छ । 

एमाले र माओवादीका वीचमा पनि भागवण्डाको अंकगणित नमिलेकोले आआफ्ना हैसियतमा चुनावमा जाने रणनीति तीव्र छ । यसका अतिरिक्त अन्य साना आधा दर्जन बराबरका वाम दलले एमाले र माओवादीको चुनावी तालमेल र पार्टी एकता अभियानलाई एक कानले सुनेर अर्को कानले उडाईदिएपछि दुई ठूला वाम दलको वृहत वाम एकताको अभियानमा नै अर्को प्रहार थपिएको छ । 

आधा दर्जन बराबरका वाम दलले एमाले र माओवादीको चुनावी तालमेल र पार्टी एकता अभियानलाई एक कानले सुनेर अर्को कानले उडाईदिएपछि दुई ठूला वाम दलको वृहत वाम एकताको अभियानमा नै अर्को प्रहार थपिएको छ । 

आफूहरुको वाम एकतालाई साना वाम दलले भाउँ नदिएपछि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड निकै रुष्ट बन्दैछन् साना वाम दलसँग । असोज २५ मा राजधानी काठमाडौमा आयोजित  ने.क.पा. (माओवादी केन्द्र) र ने.क.पा. (संयुक्त) बीच पार्टी एकता कार्यक्रममा प्रचण्डले नामै नलिएर मोहन विक्रम सिंह र नारायणमान सिंहको चर्को आलोचना गरे । वाम एकताको राग अलाप्दै गर्दा प्रचण्ड अरु वाम नेताहरुको कटाक्षमा उत्रिनुको कारण थियो उनको वाम एकता अभियानलाई अरु पुराना र साना बाम दलले लोप्पा खुवाईदिनु । असोज १७ मा नयाँ शक्ति सहित एमाले र माओवादीवीच सम्पन्न एकता अभियानको बिस्तारित अर्को रुपका हिसाबमा नेकपा संयुक्त बाहेक कुनै वाम दल त्यो एकता अभियानमा न समेटिए न समेटिने संकेत नै देखाए । 

पार्टी एकता कार्यक्रममा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको बृहत् एकता र ध्रुवीकरणबारे खरो र रोचक टिप्पणी गरे । नेपालमा सामाजवादी क्रान्ति सम्पन्न गर्ने र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने जिम्मेवारी नेपालका कम्युनिष्टहरुको काँधमा आएको भन्दै भने, ‘हामीले एकता र ध्रुवीकरणको नयाँ प्रक्रिया आरम्भ गरेका छौं, यो हाम्रा लागि निकै खुसीको कुरा हो । हामी कम्युनिष्टहरुको एकता र ध्रुवीकरणमार्फत् नेपालमा समाजवादी क्रान्ति र विश्व सर्वहारा वर्गलाई नयाँ सन्देश दिने ठाउँमा छौं, त्यो जिम्मेवारी हामीले पुरा गर्नैपर्छ ।’

‘माओवादीले कहिल्यै पनि घिसेपिटे तरीकाले सोचेन, एउटा नयाँ सोंच र क्रमभङ्गका रुपमा हामी अहिलेको ठाउँमा आइपुगेका छौं’, अध्यक्ष प्रचण्डले थपे, ‘कतिपय कम्युनिष्ट नेता र अग्रजहरु मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं । निरन्तरतामा क्रमभङ्ग गरेर मात्र क्रान्ति अगाडि बढ्छ, समाज अघि बढ्छ, हामीले त्यही क्रमभङ्गलाई आत्मसात गरेका छौं, नयाँ पार्टी बनाएर, क्रान्तिको नयाँ सिद्धान्त विकसित गरेर समाजवादी क्रान्ति गर्ने सोचका साथ फेरी निरन्तरतामा क्रमभङ्ग गरेका छौं ।’
नेपाली वाम आन्दोलनका अग्ला नेता विजुक्छे वा सिंहप्रतिको प्रचण्डका कटु शव्दले उनीहरुलाई सानो बनायो की प्रचण्डको हाईट घटायो, त्यो समयले प्रमाणित गर्दै जाला । तर यसले प्रचण्डको वाम एकताको धराप भने सिधै देखायो ।

‘कतिपय कम्युनिष्ट नेता र अग्रजहरु मन्दिरमा घण्टी बजाएझैं एकै ठाउँमा बसिरहनु भएको छ, हामीले त्यसो गरेनौं, हामीले त्यही क्रमभङ्गलाई आत्मसात गरेका छौं- प्रचण्ड 

नाम होस वा बदनाम तर गुमनाम नहुने प्रचण्ड शैलीले देशको राजनीतिमा निकै ठूलो ध्रवीकरणको भूकम्प ल्याए पनि साना वाम दललाई हल्लाउन वा छुन सकेन । स्थिर र एक दलमा, एक आन्दोलन र नीति तथा कार्यक्रममा संतुष्ट हुन नसक्ने प्रचण्ड शैलीले साच्चै माओवादी पार्टी भत्काउदै गर्दा नयाँ राजनीतिक अभ्यासमा देशलाई जर्बरजस्ती धकेलिरहदा पनि साना वामलाई समेटन सकेन नै । खासगरी दशैंअघि सम्मका एक अर्काका कडा विरोधी र आलोचक माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको पछिल्लो मिलन देशको राजनीतिमा नयाँ सुनामी बने पनि वाम एकताको नयाँ युग बन्न सक्ने लक्षण भने देखाएन । 

यो सुनामीले साना दल, नेतै पिच्छेको दल र पैसाको बलमा नेता बन्ने अभ्यासमा व्रेक लगाएको छ । तर त्यो मुलतः एमाले माओवादीको चुनावी एकता रणनीतिमा सीमित हुने संकेत देखिदैछ । साना वाम दलले एमाले माओवादीको एकता अभियानमा साथ दिने गरी ग्रीन सिंग्नल नदेखाएको बरु काँग्रेस नेतृत्वमा गैर वाम दलहरुको मोर्चा बनाउने विधिवत जवाफी पहलले गति लिदा वाम एकता सुरुमै चुनौतिमा फस्यो । 

नयाँ शक्ति सहितको एमाले माओवादी दलको एकता अभियानलाई प्रारम्भबाटै पेचिला चुनौति तब थपिए जब चुनावी सिटको भागवण्डामा शीर्ष नेताहरुकै कुरा मिलेन । छापामार शैलीमा मध्य दशैंमा दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले असोज १७ मा पार्टी एकीकरण अभियान प्रारम्भ गरेपछि देशमा नयाँ राजनीतिक ध्रुविकरणले भने नाटकीय रुपमा तिव्रता पाउदा एमाले माओवादी मात्रै एक ठाम भए । 

दुई ठूला वाम दल वीचको यो कदम अप्रत्याशित वाम हमलाका रुपमा आएपनि साना वाम दलको साथ नपाएपछि यो एकता दुई दलीय एकतामा सीमित भएको छ । अझ डा. बाबुराम भट्टराई नै गोरखाबाट उम्मेद्धवार हुन नपाउने सकसले त नयाँ शक्ति एकता प्रक्रिया र गठबन्धनमा नरहेबाट यस एकतामा  सुरुवाती झट्का लागिसकेको छ । 

डा. बाबुराम भट्टराई नै गोरखाबाट उम्मेद्धवार हुन नपाउने सकसले त नयाँ शक्ति एकता प्रक्रिया र गठबन्धनमा नरहेबाट यस एकतामा  सुरुवाती झट्का लागिसकेको छ । 

काँग्रेस नेतृत्वले एमाले माओवादीको नयाँ गठबन्धनलाई जवाफी हमलाका रुपमा प्रजातान्त्रिक कित्ताको मोर्चाबन्दी सुरु गरेपछि काँग्रेसको प्रतिरक्षात्मक राजनीतिक मोर्चाबन्दीमा सामेल हुन राप्रपा, संघीय समाजवादी फोरम, राजपा र नेपाल लोकतान्त्रिक दलले साथ दिए । बरु अर्कोतिर तराई मधेश केन्द्रीत दलहरु राजपा, संघीय समाजवादी र लोकतान्त्रिक फोरम पनि एकता वा सहकार्यका अभ्यासमा जुटे । विजय गच्छेदारको फोरम त काँग्रेसमा नै विलय भयो । राजपा र संघीय समाजवादी एक मोर्चा बने । नयाँ शक्ति पनि अन्ततः काँग्रेसकै मोर्चामा थपिने लगभग पक्का भएको छ । 

काँग्रेस नेतृत्वको जवाफी गठबन्धन अभियानले वाम दलको एकतालाई चुनौति थपिरहेका बेला साना वाम दलहरुले भने ठूला वाम दलको एकता अभियानलाई साथ नै दिएन्न । यसले एमाले माओवादी गठबन्धनलाई दुई दलीय एकतामा सीमित गरिदिएका छ, जहाँ हृदयस त्रिपाठी र कोमल वलीहरु अटाउदा डा. बाबुरामहरुको लागि स्पेश भेटिने होईन मेटिएको छ । 

एमाले, माओवादी र नयाँ शक्तिको एकता अभियानमा अन्य साना वामपन्थी दलहरुको साथ नहुनुले यो गठबन्धन वृहत वाम गठबन्धन त सुरुमा नै हुन  सकेन । सानो र सीमित क्षेत्रमा प्रभाव रहेका भए पनि राष्टिय हैसियत रहेका नेमकिपा, जनमोर्चा, नेकपा माले, क्रान्तिकारी माओवादी वा विप्लल नेतृत्वको नेकपा ठूला वाम दलको गठबन्धनबाट आकर्षित नै हुन सकेन्न, सहभागि हुनु त परको कुरा भो । 

प्रचण्ड नेतृत्वको माओवादीबाटै फुटेर बनेको मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी माओवादीले दुई टूला दलको एकतालाई वाम एकता नै नभएको रुपमा अथ्र्याएको छ । यसको मतलब उ यो एकताको रमिते मात्रै होईन कट्टर आलोचकका रुपमा पनि देखिएको छ । 

वृहत वाम एकताको दीगो बाटोमा अग्रसर र समर्पित भन्दै एमाले, माओवादी वीचको एकतालाई नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले चाहि  स्वभाविक भएको बताए पनि अहिलेकै अवस्थामा आफूहरु वामपन्थी गठबन्धनमा सहभागि नहुने स्पष्ट पारेका छन । माओवादीको जननी पार्टी मसाल एमाले माओवादीको गठबन्धनमा उत्साही नभएपछि उसको संसदीय मोर्चा राष्टिय जनमोर्चा सामेल भएन । सो कुराको पुष्टि जनमोर्चाका नेता चित्र बहादुर केसीले गरिसकेका छन । 

प्यूठानमा विशेष प्रभाव रहेको नेकपा मशालको खुल्ला मोर्चाका रुपमा राष्टिय जनमोर्चा संसदीय राजनीतिमा र संसदमा पनि सामेल छ । चित्रबहादुर केसी जनमोर्चाका पुराना पाका नेता हुन, जो तत्कालिन ओली नेतृत्वको वाम गठबन्धनकै सरकारमा उपप्रधानमन्त्री पनि रहेका थिए । 

‘राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि वेग्लै पार्टी रहीरहनु आवश्यक थिएन । एमाले र माओवादीका खासै भिन्नता थिएन’ वरिष्ठ वामपन्थी नेता सिंहले भनका छन, ‘सिद्धान्तमा फरक नभएपनि उनीहरु पहिलै मिलेको भए फरक पर्दैनथ्यो । दुइपार्टी मिल्ने कुरालाई हामीले खासै महत्व दिएका छैनौ ।’ 

‘राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि वेग्लै पार्टी रहीरहनु आवश्यक थिएन । एमाले र माओवादीका खासै भिन्नता थिएन’ वरिष्ठ वामपन्थी नेता सिंहले भनका छन, ‘सिद्धान्तमा फरक नभएपनि उनीहरु पहिलै मिलेको भए फरक पर्दैनथ्यो । दुइपार्टी मिल्ने कुरालाई हामीले खासै महत्व दिएका छैनौ ।’ 

आफूहरु पनि वामपन्थी एकताको पक्षमा रहे पनि एमालेसँग धेरै बिषयमा सैद्धान्तिक मतभेद रहेको मसालका अर्धभूसमिगत महामन्त्री सिंहको ठम्याई छ । ‘राष्ट्रियताको बिषयमा एमालेले लिएको अडानको हामीले प्रसंशा गछौं, तर संघीयता लगायत राजनीतिक बिषयमा फरक मत छन’ महामन्त्री सिंहले बरु प्रचण्ड बाहेकका माओवादीसंग एकताको संभावना औल्याएका छन । उनले भनेका छन, ‘मोहन बैद्यजीहरुसंग सहमति र सहकार्य हुनसक्छ, उहाँहरुसंगपनि जातीयता र संघीयताको बिषयमा हाम्रो फरक मत छ ।’ आशन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा गणतन्त्र र धर्मनिरपेक्षताका पक्षधरहरुसंग चुनावी तालमेल गर्ने महामन्त्री सिंहको कथन छ ।

एमालेका पूर्वमहासचिव समेत रहेका एमालेबाटै फुटेर आफुनो नेतृत्वमा दल बनाएका सीपि मैनाली नेतृत्वको नेकपा मालेले चाहि एमाले माओवादी एकतामा सहमति गर्ने अनुमान गरिएको थियो । कारण माले एमालेको वर्तमान सत्तागठबन्धन विरोधी मोर्चाको पनि सदस्य दल थियो । तर पनि माले अहिलेसम्म एमाले माओवादी एकतामा औपचारिक रुपमा समाले हुने निर्णयमा पुगिसकेको छैन । बरु, मालेले पनि समानुपातिक तर्फका उम्मेद्धवारको छुट्टै सूचि निर्वाचन आयोगमा आईतवार नै बुझाएको छ । यसको मतलब माले एक्लै चुनावमा जाने रणनीतिमा उत्रेको छ ।

यता नयाँ शक्ति वाम एकतामा पसेर निस्किसके पनि एकनाथ ढकाल नेतृत्वको क्रिश्चियन धर्म प्रवर्द्धक काम गर्दै आएको एकसीटे पार्टी परिवार दल एमालेमा समाहित भएको छ । जसले माओवादी जस्तै एमालेमा क्रिश्चियनवादी हावी भएको संकेत गर्दछ ।

भक्तपुरमा विशेष प्रभाव क्षेत्र रहेको नारायणमान विजुक्छे नेतृत्वको दलले त एमाले माओवादी एकता अभियानलाई भारतीय ईशाराको कदमको संज्ञा दिएर उ यो एकता प्रक्रियामा सामेल नहुने स्पष्ट गरिसकेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले एमाले माओवादी केन्द्र एकतामा भारतको हात रहेको दाबी गरेका छन । 

नारायणमान विजुक्छे नेतृत्वको दलले त एमाले माओवादी एकता अभियानलाई भारतीय ईशाराको कदमको संज्ञा दिएर उ यो एकता प्रक्रियामा सामेल नहुने स्पष्ट गरिसकेको छ ।

नेपालको हरेक राजनीतिक परिवर्तनका एक अगुवा अध्यक्ष विजुक्छेले आफू अनुकूल संविधान संशोधन गराउन भारतले दुई पार्टीबीच एकता गराएको दाबी गरे । अध्यक्ष  विजुक्छेले कम्युनिष्ट पार्टी गठनदेखि नै नेपालमा भारतले नक्कली कम्युनिष्ट पार्टी र नेता जन्माउँदै आएको स्मरण गरेर आफ्नो दल नक्कली वाम एकतामा सामेल नहुने स्पष्ट पारिसकेका छन । माओवादी पनि भारतमै पालनपोषण भएको उनको भनाइ थियो ।

यसरी हेर्दा एमाले माओवादी एकता अभियानले लोकतान्त्रिक कित्तालाई नराम्रो झस्का दिएर एकीकृत शक्ति जोडन प्रेरित गरेको छ भने साना वाम दलहरुलाई आफ्नो कित्तामा उभ्याउन विफल भएको छ । यसको अर्थ हो यो वृहत वाम एकता प्रमाणित हुन सकेन । मुख्य दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादीको चुनावी तालमेल तथा पार्टी एकता अभियानले वृहत वाम एकताको हिसावले भने भ्यागुताको धार्नीमै सीमित हुदैछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै