• २०८१ बैशाख ७ शुक्रबार

रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीलाई ‘इनास सम्मान’

kharibot

काठमाण्डौ ।  रेडियो अडियोका निर्देशक अमित चन्द्र अधिकारीलाई अन्तराष्ट्रिय नेपाली कलाकार समाज ग्लोवल समितिद्धारा सम्मान गरिएको छ । 

राजधानी काठमाण्डौंमा सम्मपन्न पाँचौ इनास फिल्म अवार्ड २०७४का अबसरमा निर्देशक अधिकारीलाई ‘इनास सम्मान’ प्रदान गरिएको हो । ईनासले बिगत पाँच बर्ष देखि देश बिदेशमा ईनास फिल्म अवार्ड गर्दै आएको छ । 

बर्ष भरि प्रदर्शन भएका चलचित्र र चलचित्रकर्मीलाई सम्मान गर्ने उदेश्यले आयोजना हुने कार्यक्रममा नेपाली कला र संस्कृतिको उत्थान र बिकासमा योगदान दिनेहरुलाई पनि ईनासले सम्मान गर्दै आएको छ । यहि सिलसिलामा यसपाली रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारीलाई पनि इनासले सम्मान गरेको छ ।

एकदशक अघि बजार प्रतिनिधीमा रुपमा रेडियो अडियोमा सेवा शुरु गरेका अमित अहिले निर्देशकको जिम्मेवारीमा छन् । एक दशक लामो कार्य अनुभवमा रेडियोको व्यवसायीक बजार बिस्तारसँगै नेपाली गीत संगीत कला र संस्कृति खासगरी चलचित्र उद्योगका लागि उनले गरेको सेवा उदाहरणीय छ ।

तनहुको मिर्लुङ चन्द्रावतिमा जन्मिएका अधिकारीले यो सम्मानले रेडियो प्रसारण संस्था मार्फत् नेपाली चलचित्र र  गीत संगीतको प्रवद्र्धनका जाँगर झनै उर्जा बढेको बताए ।
आउदा दिनमा पनि नेपाली कला साहित्य र नेपाली चलचित्र , गीत संगीतको हितका लागि अझै प्रभावकारी ढंगले लागी पर्ने पनि उनले बताए ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै