• २०८१ बैशाख ७ शुक्रबार

हलिवुडका चर्चित सेक्स स्क्यान्डल 

kharibot

अहिले हलिवुडमा हार्वे वेइनस्टेनको यौन शोषणको एक पछि अर्को खुलासाले हंगामा मच्चिएको छ । हार्वेमाथि यौन शोषणमात्र होइन बलात्कारसम्मको आरोप पनि लागेको छ । तर पनि हार्वेले सबै आरोपलाई गलत भन्दै घटना दुखद भएपनि आफुले मर्जीले नै सेक्स गरेको बताउदै आएका छन् । 

तर हलिवुडमा फिल्म निर्माताले गरेको यौन शोषणको यो पहिलो घटना भने होइन । आउनुस हलिवुड़का चर्चित यौन शोषणका घटनाको चर्चा गरौ :

फेटी आरबकल : हलिवुडमा पहिलो सेक्स स्क्यान्डल सन् १९२१ मा एक पार्टीमा सुरु भएको थियो । यो पहिलो अवसर थियो जब लाखौ डलर कमाउने स्टार कुनै स्क्यान्डलमा फसेको थियो । आरबकल एक कमेडियन थिए । उनले एक आफ्नो पहिचान बनाउन संघर्ष गरिरहेकी एक अभिनेत्री भर्जिनिया रेप्पसँग पार्टीमा थिए । दुवै होटलको कोठमा पुगे तर एक छिन पछि भर्जिनिया चिच्याएको आवाज आयो । निजी अंगमा चोट पुगेका कारण भर्जिनियाको एक हप्ता पछि मृत्यु भयो । अदालतमा उनि विरुद्ध मुद्धा चले पनि उनि अदालतबाट छुटे तर आम जनताको नगरमा भने उनि निशाना बनि रहे ।

एरल फ्लिन : भनिन्छ एरल फ्लिन जति प्रतिष्ठित स्टार हलिवुडमा अहिलेसम्म छैन । उनलाई हलिवुडमा अहिलेसम्म कै राम्रो व्यक्तिको रुपमा मानिन्छ । उनले धेरै जसो ह्विस्की पुरानो र महिला जवान मन पर्छ भनेर भन्ने गर्दथे । उनि फिल्मी पर्दामा तलवार छाउने व्यक्तिको रुपमा देखिन्थे भने निजी जीवनमा रक्सीको नशा र महिलासँग रात गुजार्ने व्यक्तिको रुपमा चिनिन्थे । तर सन् १९४३ मा उनले कम उमेरका युवतीसँग यौन सम्बन्ध राखेको आरोपको सामना गर्नु पर्यो  उनले आरोप लगाउने लाई आफुले अहिलेसम्म नछोएको बताए । तर उनलाई पछि अदालतले छोडी दियो । भनिन्छ बयान दिने ९ महिलाले उनलाई दोषी नभएको बयान दिएका थिए । एरनलाई आरोप लगाउने एक महिलाले उनको पक्षमा बयान दिने महिलाहरुले उनलाई प्रेम गर्ने भएकाले निर्दोष रहेको बताएको उल्लेख गरेकी थिइन् ।

रोमन पोलास्की : रोमन पोलास्की अहिले पनि उनि विरुद्धको यौन शोषणको मामिलामा दोषी नै छन् । ४० बर्ष पहिला सन् १९७७ मा एक १३ बर्षको बच्चीसँग यौन सम्बन्ध राखेको आरोप उनीमाथि लगेको छ । यस मामिलामा उनि ४२ दिनसम्म जेल पनि बसेका थिए । पछि उनि अमेरिकाबाट भागेर युरोप पुगे र उतै बाट फिल्म बनाउन थाले । सन् २००३ मा द पियानिष्टका लागि ओस्कार सम्म जिते । तर उनि अहिलेसम्म पनि अमेरिका आउँ सकेका छैनन । अहिले उनि ८० बर्षका छन् । तर यसै बीच पिडितले उनलाई उनीमाथिका आरोप रद्ध गर्न चाहेको बताएकी छन् ।

वूड़ी एलन : हलिवुडमा वूड़ी एलन आफैमा एक संस्था मानिन्छन । निर्देशक, लेखक, अभिनेता र कमेडियनका रुपमा उनि प्रख्यात छन् । उनले ओस्कार पनि जितेका छन् । तर पनि उनि विवादबाट मुक्त भने भएनन । सन १९९२ मा आफ्नी धर्म पुत्री सँग यौन सम्बन्ध राखेको आरोप लाग्यो । अदालतसम्म पुगेको यो प्रकरण पछि युवतीको भविष्यलाई हेरेर आरोप नलगाउने तय भएको थियो । सन् २०१४ मा न्युवोर्क टाइम्समा उनकी धर्म पुत्री डायलनले खुला पत्र लेख्दै वूड़ीको यौन शोषण बारे लेखेकी थिइन् ।

केरी हाइम र केरी फिल्डम्यान : सन् १९८० का रोल मोडल राम्रा साथि थिए । दुवैले सात फिल्ममा सँगै काम गरे ।  केरी होममा ड्रग्सको आदत थियो र सन् २०१० मा उनको मृत्यु भयो । त्यसपछि केरी फिल्ड म्यानले आफ्ना साथी ११ बर्षको हुदा बलात्कृत भएको खुलासा गरे । उनले आफु माथि पनि यौन शोषण भएको तर बलात्कृत भने नभएको बताउदै आफ्नो भन्दा होमको यौन शोषण बढी भएको बताए । उनले आफुहरुको यौन शोषण गर्ने व्यक्ति हलिवुडमा अहिले पन इचाढ़चित रहेको बताएका थिए ।

केसी एफ्लेक : म्यान्चेस्टर बाइ द सि फिल्मबाट ओस्कार जितेका अभिनेता एफ्लेकलाई दुई महिलालले यौन शोषणको मुद्धा दायर गरेका थिए । एफ्लेकलाई एक सिनेमेटोग्राफरले पनि यौन शोषण गरेको आरोप लगाएका थिए । तर पछि सो मुद्धा अदालत बाहिर मिलाइयो ।

इवान रोशल वूड : सन् २०१६ मा वेस्टवोर्ल्ड अभिनेत्री वूडले आफु दुई पटकसम्म बलात्कृत बह्येको बताएर संसारलाई हैरान बनाएकी थिइन् । उनले टि मानिसहरु निकै शक्तिशाली रहेको भन्दै नाम सार्वजनिक नगर्ने बातायेकी थिइन् । उनले कतिपटक आफुलाई बलात्कार गर्ने व्यक्तिलाई मन्चमा देखे पछि आफु अवार्ड समारोह नै छोडेर हिडेको बताएकी छन्

बिबिसीबाट साभार 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै