कांग्रेस र गच्छदारको फोरमबीचको एकीकरण सर्यो, यस्तो छ कारण

खरीबोट

  काठमाडौँ । नेपाली कांग्रेस र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबीचको एकीकरण भोलि सोमबार हुने भएको छ ।

यसअघि आइतबार साँझ ५:३० बजे दुई पार्टीबीच एकीकरण हुने भनिएको थियो ।

प्रधानमन्त्रीको सचिवालयले दुई दलबीच एकीकरण सोमबार बिहान ११ बजे हुने जानकारी दिएको छ । सचिवालयका अनुसार निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची बुझाउने अन्तिम दिन भएकाले आइतबार एकीकरण कार्यक्रम गर्न नभ्याइएको बताएको छ । गच्छदारलाई कांग्रेसको महामन्त्री बनाउने गरी पार्टी एकीकरण हुन् लागेको बताइएको छ । 
 

सम्बन्धित समाचार

नुवाकोट समानुपातिकमा काँग्रेस अगाडि

त्रिशूली, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फ भने जिल्लामा नेपाली काँग्रेस अगाडि देखिएको छ । गएराति सम्पन्न मतगणनाअनुसार जिल्लामा नेपाली काँग्रेस पहिलो, नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो भएका छन्

समानुपातिकतर्फको मतपरिणाम : एमालेको अग्रता कायमै, काँग्रेस पछ्याउदै  

काठमाडौं । प्रत्यक्ष तर्फको निर्वाचन सकिएका निर्वाचन क्षेत्रहरुमा समानुपातिकतर्फको मतगणना भइरहेको छ ।  हाल भइरहेको मतणनाको प्रारम्भिक नतिजा अनुसार एमाले र काँग्रेसबीच प्रतिष्पर्धा देखिएको छ भने माओवादी तेस्रो स्थानमा रहेको छ

कांग्रेस नेता गोविन्दराज जोशीलाई कारबाहीको सिफारिस

दमौली तनहुँ ।  नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।  निर्वाचनमा विपक्षीलाई सहयोग पु¥याएको भन्दै आज बसेको काँग्रेस जिल्ला

काँग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

काठमाडौँ ।  नेपाली काँग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ ।  काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको वक्तव्यमा