• २०८१ बैशाख १३ बिहीबार

सोमालियाको होटलमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या १३७ पुग्यो  

kharibot

मोगादिसु । सोमालियाको राजधानीमा रहेको मोगादिशु सफारी होटेलमा शनिबार भएको विष्पोटमा परी ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले जनाएको छ । 

विष्फोटमा करिब ३ सय जना घाइते भएका र उनीहरूलाई राजधानीकै विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ ।  पछिल्ला केही महिना यता भएकामध्ये यो सवैभन्दा ठूलो आक्रमण भएको बताइएको छ । 

घटनापश्चात होटेलमा पुगेका प्रहरी अधिकारीले बताएका छन्, विस्पोटका कारण होटेलका कैयाँ ढोका, झ्याल नराम्ररी चर्केका छन् । घटनास्थल वरपरका वासिन्दाले बताए अनुसार विश्पोटको आवाज निकै टाढासम्म सुनिएको र भवनहरू थर्किएका थिए । 

सोमालियाली राष्ट्रपति मोहम्मद अव्दुल्लाही मोहमदले विष्पोटमा मृत्यु भएका व्यक्तिको सम्झनामा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । 

एकै पटक ठूलो सङ्ख्यामा घाइतेहरूको उपचार गर्नु परेकाले स्थानीय अस्पतालमा रगतको अभाव भएको श्वास्थ्य संस्थाले जनाएका छन् । 

विष्फोटको आइतबारसम्म कसैले पनि जिम्मा लिएको छैन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै