• २०८१ बैशाख ७ शुक्रबार

समानुपातिक निर्वाचनमा ५५ दल सहभागी, बन्दसुची अन्तिम नहुने

kharibot

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ ५५ वटा दलले प्रतिस्पर्धा गर्ने भएका छन् । 

समानुपातिक तर्फको निर्वाचनमा सहभागि हुन ८८ वटा दलले दर्ता गराएपनि उम्मेदवारको बन्दसूची बुझाउने दिन आज ३३ वटा दल भने अनुपस्थित रहेको देखिएको छ ।  

निर्वाचन आयोगले वन्दसुची बुझाउने समय विहान १० देखि साँझ ५ बजेसम्म तोके पनि सो समय भित्र धरौटी बापतको शुल्क बुझाउने दलको संख्या केबल ५५ रहेको छ । 

आयोगमा उम्मेदवारको बन्दसूची पेश गर्ने राजनीतिक दलहरुमा ग्रिन पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल युवा किसान पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस, नेपाल समावेशी पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, जनशक्ति नेपाल, जनतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय शिवसेना पार्टी र नागरिक पार्टी रहेका छन् । 

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल, देशभक्त समाज, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, देशभक्त लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, युवा नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, लिबरल डेमोक्र्याटिक पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । 

यस्तै, नयाँ शक्ति पार्टी नेपाल, हाम्रो नेपाल पार्टी, नेपालवाद, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल दर्शन, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय खम्बुवान् लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय त्रिशूल बहुजन समाजवादी पार्टी, नेकपा माले समाजवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेकपा (माओवादी केन्द्र), नेपाल सुकुम्वासी पार्टी लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक जनता काँग्रेस, नेपाली जनता दल, नेपाली काँग्रेस विपी, राष्ट्रिय मुक्ति आन्दोलन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी विवेकशील साझा पार्टी, नेपाः राष्ट्रिय पार्टी र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल र नेपाल संघीय समाजवादी पार्टीले समेत उम्मेदवारको बन्दसूची पेश गरेका छन् । 

समानुपातिक तर्फ प्रतिनिधिसभामा १ सय १० र ७ वटा प्रदेशसभाका लागि २ सय २० जना सदस्य चुनिनेछन् । प्रतिनिधिसभा निर्वाचनका लागि बढीमा १ सय १० जना र कम्तीमा ११ जनाको नाम बुझाउनु पर्ने आयोगले जनाएको छ । 

५० प्रतिशत महिला अनिवार्य गरिएको निर्देशिकामा जनसंख्याको आधारमा खसआर्य ३१ दशमलब २, आदिवासीजनजाती २८ दशमलब ७, मधेशी १५ दशमलब ३, दलित १३ दशमलब ८, थारु ६ दशमलब ६ र मुस्लिम ४ दशमलब ४ प्रतिशत हुनु पर्ने व्यवस्था छ ।   

राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै बन्दसूची आयोगको कार्यालयमा बुझाउनु पर्नेछ । प्रदेशसभाको हकमा प्रदेशपिच्छे छुट्टाछुट्टै बन्दसूची हुनुपर्नेछ । 
समानुपातिक तर्फको बन्दसूचीमा परेका व्यक्ति प्रत्यक्षतर्फ उम्मेदवार हुन पाउने छैनन् । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको मिति आगामी मंसिर १० र २१ गते गरी दुई चरणमा तोकिएको छ ।

समानुपातिक उम्मेदवार निर्वाचन कार्यतालिका यस्तो छ :

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार आज प्रतिनिधि सभा र प्रदेस्सभाको समानुपातिक तर्फको सुची बुझाए पछि असोज ३० गते सो सुची सच्याउन आयोगले सूचना जारी गर्ने छ । निर्वाचन आयोगले कार्तिक ६ गतेभित्र सो सुची संशोधन गरी पेश गर्न पाउने छन् ।

त्यसपछि बन्दसूचीमा परेका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा कार्तिक १३ गते निवेदन दिएर फिर्ता लिन सक्ने व्यवस्था रहेको छ । फेरी दलहरुले फिर्ता भएको उम्मेदवारको ठाउमा अर्को उम्मेदवारको नाम पेश कार्तिक १४ गते गर्नु पर्ने छ । त्यसपछि कार्तिक १७ गते दलहरुले पेश गरेको उम्मेदवारको सुची आयोगले सार्वजनिक गर्ने छ । त्यसपछि बन्दसूचीमा परेका उम्मेदवारको योग्यताका विषयमा दाबि विरोध गर्नुपरे कार्तिक १८ गते निवेदन दिन सकिने छ ।

उम्मेदवारको योग्यता सम्बन्धि कुनै उजुरी परे त्यसको जाँचबुझ र निर्णय कार्तिक २५ गते आयोगले गर्ने छ । जाँचबुझमा कुनै आरोप प्रमाणित भएमा बन्दसूचीबाट उम्मेदवारको नाम हटाएको सूचना आयोगले मङ्सिर २ गते प्रकासन गर्ने छ र समानुपातिक उम्मेदवारको अन्तिम सुची मङ्सिर ३ गते प्रकासित हुने छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै