• २०८१ बैशाख १३ बिहीबार

प्रवासी नेपालीको हरेक समस्यामा राप्रपाले हातेमालो गर्छ – कमला थापा 

kharibot

काठमाडौ । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले राप्रपाले कुनै पार्टी भन्दा प्रवासी नेपालीको समस्या हेर्ने दृष्टिकोणमा कमि नरहेको बताएका छन् । 

राप्रपा प्रवास विभागद्वारा आयोजित कार्यक्रममा एनआरएनए सम्मेलनमा आएका राप्रपा समर्थित प्रवासी नेपालीहरूसंगको अन्तरक्रियामा बोल्दै उनले राप्रपाले प्रवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै साथ दिएको  र भविष्यमा पनि साथ दिने कुरा बताए । 

उपप्रधानमन्त्री थापाले राष्ट्रियता प्रजातन्त्र, स्थायित्व र आर्थिक समृद्धिमा प्रवासी नेपालीको संस्था एनआरएनको भुमिकाको प्रसंसा गरेका थिए । 

विभाग प्रमुख विजय खडकाको सभापतित्वमा भएको कार्यक्रममा प्रवासी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा राप्रपा सहमहामन्त्री प्रेमकुमार श्रेष्ठ, अमेरिकाका श्री पराजुली, पोर्चुगलका रमेसराज वास्तोला, अष्ट्रेलियाका स्वतन्त्र प्रताप शाह लगायतले सम्बोधन गरेका थिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै