अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय

खरीबोट
ad

काठमाडौँ । अखण्ड नेपाल पार्टी नेपाली कांग्रेसमा विलय भएको छ । 

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रममा अखण्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् । 

खड्कालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसमा स्वागत गरेका थिए । 

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित हुनुभएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सकेका छन् । 

पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै काँग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताए । 

सम्बन्धित समाचार

पार्टीलाई एकढिक्का बनाउनुपर्ने काँग्रेस जिल्ला सभापतिको सुझाव

हेटौँडा । नेपाली काँग्रेसको जिल्ला सभापतिको जारी राष्ट्रिय भेलामा बुधबार सभापतिहरुले पार्टीलाई एकढिक्का बनाएर अधि बढाउनुपर्ने सुझाव दिएका छन् । मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँले पार्टीको विधानलाई संघीयताको मर्मअनुरुप संशोधन गर्नुपर्ने एवं निर्वाचनका क्रममा

काँग्रेसका जिल्ला सभापतिहरुलाई ८ केन्द्रीय सदस्यको पत्र, ‘अहिलेको नेतृत्वबाट अर्को चुनाव पनि जित्न सकिन्न’

काठमाडौं । नेपाली कांग्रेसका ८ जना केन्द्रीय सदस्यहरुले जिल्ला सभापतिहरुलाई पत्र लेख्दै नेतृत्व परिवर्तन गर्न आव्हान गरेका छन् ।  हाल हेटौडामा जारी काँग्रेस जिल्ला सभापतिहरुको भेलाको सन्दर्भमा काँग्रेसका युवा नेताहरु चन्द्र

सरकार संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत – काँग्रेस सभापति देउवा

हेटौँडा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको आरोप लगाएका छन् ।  काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको आज

काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सुरु

मकवानपुर । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सुरु भएको छ । भेलाको उद्घाटन काँग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् । भेलामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला,