• २०८१ बैशाख ११ मंगलबार

फोरमसँगको एकताले कांग्रेसको समानुपातिक सुची बुझाउन ढिलाई, शिर्ष नेता समानुपातिकमा बस्दै 

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका शिर्ष नेताहरु समानुपातिकमा बसेका छन् ।

कांग्रेस स्रोतका अनुसार नेता केबी गुरुङ, कृष्ण प्रसाद सिटौला, बालकृष्ण खाँण, पुष्पा भुषाललगायतका शिर्ष नेता समानुपातिकमा बसेको बताइएको छ ।

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिकतर्फको उम्मेदवारको बन्दसूचि पेश गर्न आज ५ बजेसम्मलाई समयसीमा तोकेको भएपनि लोकतान्त्रिक फोरमसँगको एकताका कारण दुवै दल निर्वाचन आयोगमा बसेर समानुपातिकको सूचिका विषयमा छलफल गरिरहेको बताइएको छ । 

समानुपातिकको सुची फाइनल भएपछि फोरम लोकतान्त्रिक र कांग्रेसबीच अजि साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एकता हुने बताइएको छ । 

नेपाली कांग्रेसका नेताहरु शेखर कोइराला, मिनेन्द्र रिजाल, बालकृष्ण खाँड र लोकतान्त्रिक फोरमका नेताहरु अध्यक्ष विजयकुमार गच्छदार र योगेन्द्र चौधरी अहिले निर्वाचन आयोगमा छलफलमा रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै