• २०८१ बैशाख ७ शुक्रबार

विजय गच्छदारको फोरम र कांग्रेसको एकीकरण आज हुदै 

kharibot

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार सिंगो पार्टीसहित आज नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । लोकतान्त्रिक फोरम आज अपरान्ह नेपाली कांग्रेससँग एक हुने भएको हो ।

नेपाली कांग्रेसका अनुसार गच्छदार नेपाली कांग्रेसमा प्रवेश गर्दै पार्टी एकीकरणको घोषणा आज साझ ५:३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भएको हो । 

गच्छदार २०६४ सालअघि नेपाली कांग्रेसमा नै थिए । उनले नेपाली कांग्रेसको तर्फबाट २०४८, २०५१ र २०५६ मा टिकट लिएर चुनाव जितेका थिए भने त्यसपछि उनले २०६४ मा उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमबाट चुनाव जितेका थिए । 

२०६६ साल साउन १६ उपेन्द्र यादवबाट छुट्टिएर उनले नेपाल लोकतान्त्रिक फोरम पार्टी गठन गरेका थिए । उनले नेलोफोबाट उठेर २०७० मा सुनसरी क्षेत्र नं ३ बाट चुनाव जितेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै