• २०८१ बैशाख ७ शुक्रबार

विना मोजा जुत्ता लगाउनुहुन्छ ? खतरा पनि हुनसक्छ !

kharibot

फाइल तस्बिर

लण्डन । कलेज अफ पोडियाट्रीका अनुसार मोजा नलगाई जुत्ता लगाउँदा स्वास्थ्यमा समस्या हुनसक्छ । पैतालाको उपचार विशेषज्ञ एम्मा स्टिफिल्सनका अनुसार १८ देखि २५ वर्षका पुरुषमा विना मोजा र खराब फिटिंग हुने जुत्ता लगाउँदा धेरै खाले रोग लाग्ने खतरा हुन्छ ।

रेड कार्पेटमा चर्चित कलाकारहरु विना मोजा जुत्ता लगाइरहेका भेटिन्छन् भने हामीमै पनि धेरै जसो जुत्ता मात्रै लगाएर हिँड्ने गरेका छाँै । खास गरी एक दिनमा पैतालाबाट ३०० मिलिलिटर पसिना निस्किन्छ । धेरै गर्मीको कारण पैतालामा इन्फेक्सनको डर हुने एम्माको भनाइ छ ।

फेसनकै लागि लगाएर कतै जाँदै हुनुहुन्छ भने विभिन्न कुराहरुलाई ध्यानमा राखेर जुत्ता लगाउनुपर्छ । जुत्ता लगाउनुअघि एन्टी पर्सिपरेन्ट स्प्रेको प्रयोग गर्नुपर्छ । यति हुँदाहुँदै पनि केही समस्या आए डाक्टरलाई खबर गर्नुपर्छ ।

  • बीबीसी हिन्दीबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै