• २०८१ बैशाख ७ शुक्रबार

एभरेष्ट बैकलाई बिदेशीले पत्याउन छाडे, यसरी घट्यो प्रति सेयर आम्दानी

kharibot

काठमाडौ । भारतको पञ्जाव नेशनल बैंकको साझेदारीमा सञ्चालनमा आएको एभरेष्ट बैकलाई बिदेशी निक्षेपकर्ताहरुले बिश्वास गर्न छाडेकाछन् । सोही कारण बैंकमा अहिले बिदेशी मुद्रामा संकलन हुने निक्षेपको अनुपात घटेको छ । 

बैंकले आर्थिक बर्ष २०७३—०७४ को चौथौ त्रैमासमा कबुल ९५ अर्ब नौ करोड ४४ लाख ६१ हजार रुपैयाँमा निक्षेप संकलन गरेको छ । यो निक्षेपमा स्वदेशी मुद्रामा संकलन भएको रकम ८९ अर्ब एक करोड ५४ लाख ४० हजार रुपैयाँ रहेको छ भने बिदेशी मुद्रामा संकलन भएको कुल निक्षेप छ अर्ब सात करोड ९० लाख ५८ हजार रुपैयाँ रहेको छ । 

अघिल्लो बर्षको सोही अवधिमा बैंकले ९३ अर्ब ७३ करोड ५४ लाख ८१ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । सो मध्ये बैंकले स्वदेशी मुद्रामा ८१ अर्ब दुई करोड ३५ लाख ४२ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो भने बिदेशी मुद्रामा १२ अर्ब ७१ करोड २१ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरेको थियो । 

बैकको कुल निक्षेपमा अघिल्लो आवको तुलनामा आव २०७३—०७४ को चौथौ त्रैमासमा बिदेशी मुद्रामा संकलन हुने निक्षेप छ अर्ब रुपैयाँ भन्दा बढीले घटेको छ । यसको प्रमुख कारण बिदेशी गैर—सरकारी संस्थाहरु, कुटनीतिक नियोगहरुले एभरेष्ट बैकलाई छाडेर अन्य बैकमा निक्षेप जम्मा गर्नु नै हो, श्रोतले भनेको छ । 

यसबाहेक बैंकको कुल कर्जा अन्र्तगत अनुत्पादक क्षेत्रतर्फको कर्जा पनि अत्याधिक मात्रामा बढेको छ । बैंकले आव २०७३—०७४ मा कुल ७८ अर्ब २८ करोड ४६ लाख ७९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो मध्ये घरजग्गामा चार अर्ब ९६ करोड ६१ लाख ४३ हजार, होम लोनमा १० अर्ब ३९ करोड २४ लाख पाँच हजार, सेयर धितो एक अर्ब २८ करोड ४३ लाख ४४ हजार, ओभर ड्राफ्ट, आवधिक कर्जा र चालु पुंजी शिर्षकमा ३३ अर्ब ६४ करोड ७१ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको देखिएको छ । 

अधिल्लो आवमा  पनि बैंकले कुल ६८ अर्ब ९१ करोड १५ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेकोमा घरजग्गा, ओभर ड्राफ्ट लगायतका शिर्षकमा अत्याधिक मात्रामा कर्जा प्रवाह गरेको थियो । अनुत्पादक क्षेत्रमा कर्जा बढाएकै कारण पछिल्लो समय बैंकको बित्तीय अवस्था खस्कंदै गएको छ । बैकको अहिले प्रति सेयर आम्दानी ४३ रुपैयाँ ७८ पैसा मात्र रहेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको प्रति सेयर आम्दानी ६५ रुपैयाँ ९७ पैसा रहेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै