यस्तो छ भाइटीकाको उत्तम साइत

खरीबोट

काठमाडौँ । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । 

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए । 

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ । 

सम्बन्धित समाचार

तिहारमा १४ करोड रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार

काठमाडौं । यस वर्ष तिहारमा १४ करोड रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार भएको छ ।  फ्लोरिकल्चर एशोसिएसन अफ नेपालका अनुसार माग धेरै हुँदा आपूर्तिको सन्तुलन मिलाउन नसक्दा सयपत्री फूल महंगो भएको

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

लहान ।  दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ ।  भक्तजनले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाउने र श्रृंगार्ने

आज तिहारको अन्तिम दिन भाइटीका

काठमाडौँ । यमपञ्चकको अन्तिम दिन आज विधिपूर्वक भाई टिका लगाइदैछ । आजको दिन आफ्ना दाजु तथा भाईलाई यमराजले अल्प आयुमानै नलगोस भन्दै दिदी वहिनीले कहिलै नसुक्ने तेलको घेरा र मखमली

आज तिहारको चौथो दिन, गाई, गोरु, कृषक र गोवर्धन पूजा गरी मनाइदै

काठमाडौँ ।  यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक र गोवर्धनको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले