• २०८१ बैशाख ८ शनिबार

डम्पिङ्ग साईड बन्दै बाराको राजमार्ग

kharibot

बारा, बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले फोहर व्यवस्थापनका लागि ठाउँ अभाव भएको भन्दै चरम लापर्वाही गरेको र मुख्य राजमार्गमा नैं डम्पिङ्ग साईड बनाएको भेटिएको छ । 

उपमहानगरपालिकाको वडा नं.७ स्थित जीतपुरको रातोपुलमा शुक्रवार विहान सडक छेकेरै किनारामा फोहर फ्याँकिएको भेटिएको हो । 

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य बजार जीतपुर र सिमरामा दैनिक उत्पादन हुँने फोहर व्यवस्थापनका लागि निर्धारित बकुलियामा स्थानीयले अवरोध गरेका कारण फोहर व्यवस्थापनमा समस्या भएको उपमहानगरपालिका कार्यालयले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिल्लीराज बेल्वासेले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ बकुलियामा कार्यालयले बनाएको डम्पिङ्ग साईडमा केहि साता यता स्थानीयले फोहर फ्याँक्न नदिएको जानकारी दिए । 

जीतपुरसिमरा उपमहानगरपालिकाको फोहर व्यवस्थापनको ठेक्का लिएको नेपाल क्लिन एण्ड ग्रिन सिटी प्रा.लि.लाई आँफूहरुले सड्क किनारामा फोहर फ्याँक्ने अनुमती नदिएको बेल्वासेले बताए । 

तर , उक्त कम्पनीका प्रमुख विजय कुशवाहाले बकुलियामा रहेको डम्पिङ्ग साईडमा अवरोध भए पछि उपमहानगरपालिका कार्यालयले नैं रातोपुलमा फोहर फ्याँक्न आग्रह गरेको    बताए । ‘जीतपुरका व्यापारी, स्थानीय र उपमहानगरपालिका कार्यालयले रातोपुलमा फोहर फ्याँक्न आग्रह गरे पछि हामीले यसो गरेका हौं’ कुशवाहाले मोबाईल मार्फत भने ।
मुख्य सड्क किनारालाई उपमहानगरपालिका कार्यालयले डम्पिङ्ग साईडका रुपमा प्रयोग गर्न थाले पछि स्थानीयवासी र यात्रुहरुले अहिले सास्ती भोग्नु परिरहेको छ । भने निर्माणाधिन ६ लेनको व्यापारीक मार्गको काम समेत प्रभावित बन्ने देखिएको छ । 

६ लेनको व्यापारीक मार्ग निर्माणका लागि अहिले माटो पुर्ने काम भईरहेको र फोहर माथी माटो हाल्न नमिल्ने भएकाले उपमहानगरपालिकाको फोहरले विकास निर्माणलाई समेत अवरोध पु¥याउँने देखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै