काठमाडौँ । कात्तिक २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘मेला’को ट्रेलर रिलिज भएको छ ।
यसका संवाद र शैली यूवापुस्ताको मन जित्ने शैलीमा बनेको ट्रेलर हेर्दा फिल्म कमेडी रहेको थाहा हुन्छ ।
सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, बसन्त भट्ट, निरज श्रेष्ठ लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।
हरि पन्तको प्रस्तुतीमा तयार भएको यो फिल्मका निर्माता मनोज के मरोडिया हुन् । राज राधिका इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको फिल्म ‘मेला’ लाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।
फिल्ममा पवित्रा आचार्यको कोरियोग्राफी, अष्ट महर्जनको द्धन्द्ध, हरी पन्तको स्टोरी, स्क्रिन प्ले र डाइलग रहेको छ ।