• २०८१ बैशाख १४ शुक्रबार

बार्सिलोनाको विजयी यात्रा टुंगियो, एथ्लेटिको म्याड्रिडसँग बराबरीमा रोकियो 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा यो बार्सिलोनाको यस सिजनको विजयी यात्रा टुंगिएको छ ।

यो सिजनका सुरुका सात खेलमा विजयी भएको बार्सिलोना शनिबार राति भएको खेलमा एथ्लेटिको म्याड्रिडसँग खेलमा १–१ को बराबरीमा रोकिएको हो । 

एथलेटिको म्याड्रिडको नयाँ घरेलु मैदानमा भएको खेलमा २१औं मिनेटमा साउल निगुएजको गोलबाट एथ्लेटिको मड्रिडले अग्रता लिएको थियो । 

पहिलो हाफमा १–० ले पछि परेको बार्सिलोनाका लागि लुइस स्वरेजले खेलको ८२औं मिनेटमा बराबरी गोल फर्काएर हारबाट जोगाएका थिए । स्वरेजले यो सिजन ला लिगामा तीन गोल गरेका छन् । 

यो बराबरी पछि बार्सिलोना ८ खेलमा २२ अंक सहित लिगको पहिलो स्थानमा कायम छ भने रियल म्याड्रिड ८ खेलमा १७ अंक सहित दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोना र रियल म्याड्रिडको फरक अब ५ अंकमा झरेको छ । त्यस्तै एथलेटिको म्याड्रिड ८ खेलमा १६ अंक सहित लिगको तेस्रो स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै