रोनाल्डोको निर्णायक गोलमा रियल म्याड्रिड विजयी 

खरीबोट

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ ।

गेटाफेविरुद्धको खेलमा रियल म्याड्रिड विजयी भएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका छन् । रोनाल्डोले गरेको यो गोल यस सिजन ला लिगाको पहिलो गोल हो । 

खेलमा खेलको ३९औ मिनेटमा करीम बेन्जमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

गेटाफेका लागि ५६औ मिनेटमा जोर्ग मोलिनाले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको ८५औ मिनेटमा इस्कोको पासमा रोनाल्डोले निर्णायक गोल गर्दै रियललाई विजयी बनाएका छन् ।

जितसँगै रियल ८ खेलमा १७ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । गेटाफे भने ८ खेलमा ८ अंकसहित लिगको १४औ स्थानमा रहेको छ ।
 

सम्बन्धित समाचार

बार्सिलोनालाई दबाब दिदै एथलेटिको, जितसँगै अंक दुरी घटायो 

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडले बार्सिलोनासँगको अंक दुरी घटाएको छ । गएराती भएको खेलमा एथलेटिक क्लबलाई २-० ले पराजित गर्दै एथलेटिकोले बार्सिलोनासँगको अन्तर ७ अंकमा घटाएको छ । शिर्ष स्थानमा

ला लिगामा रियल म्याड्रिडको जित, असेन्सियोले गरे दुई गोल 

काठमाडौँ । स्पेनीस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । म्याड्रिडले बेटिसलाई ५–३ गोल अन्तरले पराजित गरेको हो । गोलको वर्षा भएको खेलमा म्याड्रिडको जितमा

इबरविरुद्ध बार्सिलोनाको सहज जित, स्वरेज र अल्बाले गरे गोल 

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले इबरलाई २-० ले पराजित गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वरेज र जोर्डी अल्बाले गोल गरेका थिए ।  खेलको १६औ मिनेटमा स्वरेजको

भ्यालेन्सियालाई हराउदै एथलेटिकोले बार्सिलोनासँगको दुरी घटायो 

काठमाडौँ । स्पेनिस ला लिगामा एथलेटिको म्याड्रिडले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । गएराती भएको दोस्रो र तेस्रो स्थानमा रहेका एथलेटिको म्याड्रिड र भ्यालेन्सियाबीचको खेलमा एथलेटिकोले १-० को जित निकालेपछि