• २०८१ बैशाख ७ शुक्रबार

क्रसर उद्योगीले यसरी उडाउँदै छन् मापदण्डको धज्जि, सम्बन्धित निकाय किन बेखबर?

kharibot

बारा । बाराको निजगढ स्थित बकैया खोला , किनार र ड्याम फेदैमा ट्याक्टरले जोतेर ढुङ्गा निकाल्ने गरे पनि सम्बन्धित निकाय बेखबर बनेर बसिरहेको छ । 

मापदण्ड विपरीतका क्रसरहरु निर्धक्क भएर चलिरहेकाले यहाँ यसरी नैं नदी जन्य वस्तुको जथाभावी उत्खनन् , सड्ढलन, दोहन भईरहेको हो । 

म्याद नाघिसकेका क्रसरलाई बन्द गर्न सरकारले चाँसो नदिए पछि स्थानीय प्रहरी , प्रशासन र सम्बन्धित निकायले क्रसर बन्द गर्न गराउँन नसकेका हुँन् । तर , यही समयलाई अवसरको रुपमा सम्बन्धित निकायहरुले मौंका छोप्दै लाभ लिने गरे पछि जथाभावी प्राकृतिक स्रोत साधनको उत्खनन् , सड्ढलन , दोहन हुँदै आएको हो ।

क्रसरको आडमा अहिले निजगढ नगरपालिका वडा नं.४ कछडिया टोल स्थित बकैया खोला बगर नजिकैको नेपाल क्रसर उद्योगले पश्चिम खोला किनारको माथिल्लो डिलमा टेयाक्टरले जोतेर निकालिएको ढुङ्गा क्रसरमा पुर्याउँदै आएका छन् । 

यहाँ रहेका अधिकांश क्रसरहरुमा यसरी नैं निकालिएका ढुङ्गा, ग्रेभल क्रसरमा थुपारी रोडा, गिट्टी तयार गर्ने गरिएको छ । बारा प्रहरी, प्रशासन, वनले जफत गर्न आँट गरेको छैन । “यहाँका क्रसरमा थुपारिएका नदी जन्य प्राकृतिक स्रोत साधन अधिकांश अवैध हो”–स्थानिय स्रोतले जानकारी दियो । अधिकांश नियमनकारी निकायहरुलाई प्रभावमा पारी क्रसरले अवैध कार्य गरिरहेको स्रोतको भनाई छ  ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत लाखौंको खर्चमा बनाइँदै गरेको ड्याम, तट बन्ध फेदैमा जोतेर ढुङ्गा निकाल्नेलाई नियन्त्रण, निरुत्साहित गर्न, रोक्न समेत जिल्ला अनुगमन समन्वय समिति बाराको चाँसो छैन । यस्ता कार्य गर्नेलाई जिल्ला वन कार्यालय बारा, मातहतका निजगढ सेक्टर वन, ईलाका वन, ईलाका प्रहरी निजगढ, सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प निजगढले समेत कुँनै चाँसो दिएको छैन ।

जसका कारण जथाभावी जोतेर निकालिएका ढुङ्गा, ग्रेभल दिन दाहाडै क्रसरमा भित्रयाई उद्योगका नाउँमा क्रसरले ब्रहमलुट मचाई रहेका छन् । जुन मापदण्ड र कानुन विपरीत हो । 
यस्ता क्रसरलाई जिल्ला प्रशासन कार्यालय बारा, प्रहरी, सम्बन्धित निकायले कारवाही चलाएको छैन । न चेतावनी नैं दिएको छ । प्रहरी, प्रशासन कै आडमा क्रसरलाई जथाभावी गर्न मनोबल मिलेको घटना क्रमले देखाएको छ ।

खोला बगर , किनारबाट जथाभावी जोतेर ढुङ्गा निकाले पछि अहिले खोला किनारको चौंडाई एक्कासि बढेको छ । अघिल्लो वर्ष भन्दा अहिले खोला किनार ३-४ मिटर बस्तीतर्फ बढेको छ । 

त्यैपनि तत्कालै ढुङ्गा बेचेर पैसा कमाउँन स्थानीयहरु नैं खोला बगर जथाभावी खन्न सक्रिय छन् । मापदण्ड विपरीतका क्रसर बन्द वा हटाउँनु पर्ने म्याद १० महिना अघि नैं सकिएको छ । निजगढमा रहेका सबै क्रसर मापदण्ड विपरीत सञ्चालित छन् ।

किन बेखबर छ सम्बन्धित निकाय ?

जिल्ला समन्वय समिति बाराका स्थानीय बिकास अधिकारी (एल.डि.ओ) भरत बहादुर ढुङ्गानाले बारामा सञ्चालित सबै क्रसर उद्योगहरुको लाईसेन्स् म्याद गुज्रि सकेको र अहिलेसम्म नविकरण समेत नभएको बताएका छन् ।

तर , जिल्लाका क्रसर उद्योगहरु अहिले पनि निर्वाध रुपमा चलिरहेको छ , नी ? भन्ने प्रश्न हाम्रा सहकर्मी श्याम गुप्ताले सोध्दा आँफू सो बारेमा अहिले सम्म कुँनै प्रकारको जानकारी नआएको र पटक पटक अनुगमन गर्न जाँदा क्रसर उद्योगीहरुले अनुगनको बारेमा गोप्य सुचना पाउँने अनि अनुगमन टोली त्यस स्थलमा पुग्ने समयमा बन्द अवस्थामा भेटिने गरेको बताए छन् ।

यता स्थानीयले मापदण्ड विपरित सञ्चालनमा रहेका क्रसर उद्योगलाई सम्बन्धित निकायले समय मैं नियन्त्रणमा नलिने हो भने सरकारको करोडौं रुपैयाँको लगानी गरेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको कुँनै अर्थै नरहेको बताउँछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै