• २०८१ बैशाख १३ बिहीबार

नवलपरासीको दाउन्नेमा पहिरो गएको बाह्र घण्टापछि सडक एकतर्फीरुपमा सञ्चालन

kharibot

तस्विर : रासस

नवलपरासी, पहिरो खस्दा अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने क्षेत्रमा केहीबेरअघिबाट एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको छ । 

दाउन्ने पहाडका ठूलाठूला पहिरो सडकमा खसेका कारण गएरातिदेखि अवरुद्ध बनेको राजमार्गको पहिरो हटाएपछि एकतर्फीरुपमा सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अहिले पनि सो क्षेत्रमा पहिरो हटाउने क्रम जारी छ । 

सडक विभागले बाँकी पहिरो हटाएर सडक दुईतर्फीरुपमा सञ्चालन गर्ने तयारीमा भएपनि धेरै स्थानमा पहिरो खसेका कारण समस्या भएको छ । 

दाउन्नेका विभिन्न स्थानमा पहिरो खसेपछि गएरातिदेखि सो क्षेत्रमा सयौँ सवारीसाधन सहित हजारौँ यात्रु अलपत्र परेका थिए । दाउन्नेमा रहेको प्रहरी चौकीदेखि करिब ५० मिटर पश्चिमको भागमा वर्षाका कारण सबैभन्दा ठूलो पहिरो खसेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै