• २०८१ बैशाख ७ शुक्रबार

ऋतिक-कंगना विवादले ऋतिक फाइदामा, सुजानसँग बढ्दै छ निकटता 

kharibot

ऋतिक रोशन, पूर्वश्रीमती सुजान खानका साथ, फाइल तस्बिर

मुम्बई । अभिनेता ऋतिक रोशन पछिल्लो महिना देखि निकै विवादमा तानिएका छन् ।

अभिनेत्री कंगना रनावतसँगको प्रेम प्रसंग र उनिसँगको ब्रेकअप पछिको विवादले ऋतिकलाई आफ्नो काममा धेरै असर नभएपनि व्यक्तिगत जीवनमा भने धेरै ठुलो मुल्य चुकाउनु पर्यो । कंगनासँगको केहिबर्ष देखिको विवादको बीचमा श्रीमतीसँग डिभोर्स भयो । 

तर पछिल्लो पटक कंगनाले लगातार टेलिभिजन अन्तर्वार्तामा ऋतिकलाई एक पछि अर्को आरोप लगाएपछि भने ऋतिक आफै अगाडी आएर कंगनाका सबै आरोपलाई गलत भएको बताए । ऋतिकले पछिल्लो समय लिएको अडानबाट कैयौ बलिवुड सेलिब्रेटीहरु ऋतिकको साथमा देखिए ।

ऋतिकका साथी फरहान अख्तर र अभिनेत्री यामी गौतमले त सार्वजनिक रुपमा लेख मार्फत नै ऋतिकलाई समर्थन गरे । 

कंगना ऋतिकको पछिल्लो प्रकरणमा ऋतिकलाई उनकी पहिलेकी श्रीमती सुजान खानले पनि उत्तिकै सहयोग गरेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन् । कंगनाले लगाएका सबै आरोपलाई सुजानले पहिले देखिनै गलत भएको बताउदै आएकी छन् । 

हालै सुजानको इन्टेरियर अफिसमा ऋतिक देखिनुले पनि सुजान र ऋतिक फेरी नजिकिन लागेको बलिवुडमा चर्चा सुरु भएको छ । हालै ऋतिक र सुजान आफ्ना छोराहरुलाई लिएर घुम्न गएकोले पनि उनीहरु हाल एक अर्काप्रति सकारात्मक रहेको खबरहरु आएका हुन् । 

अर्को तिर ऋतिकको फिल्मी क्यारियरमा पनि पछिल्लो पटक घरको ब्यानरमा बन्ने कृष-४ बाहेक यशराज फिल्म्सको ठुलो फिल्म ऋतिकको हातमा आएको छ । ऋतिक, टाइगर सराफ र वाणी कपुरले अभिनय गर्ने सो फिल्म एक्सन प्रधान हुने बताइएको छ ।

यसरी कंगनाको एक पछि अर्को आरोपबाट ऋतिक अब बाहिर निस्किन लागेको र उनको निजी जीवन र व्यावसायिक जीवन ट्रयाकमा आउन लागेको बलिवुडमा चर्चा चलेको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै