• २०८१ बैशाख १३ बिहीबार

नवलपरासीमा दुर्घटनामा परी २८ जना घाइते

kharibot

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयीत्रिवेणी गाउँपालिकामा आज बिहानसवारी दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । 

काठमाडौँबाट नेपालगञ्जका लागि हिँडेको ना५ख ३९६४ नंको बस नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–२ घिउखोला विश्वकर्माबाबा मन्दिर नजिक आफै अनियन्त्रित भएर सडकबाट ३० फिट तल खस्दा सो दुर्घटना भएको थियो । 

इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेको भरतपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै