• २०८१ बैशाख १२ बुधबार

आयल निगमले जग्गा खरिदमा भ्रष्ट्राचार गरेको लेखा समितिको ठहर

kharibot

नेपाल आयल निगम, फाइल तस्विर

काठमाडौँ, संसदको सार्वजनिक लेखा समितिले नेपाल आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको ठहर गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कारबाहीको सिफारिस गर्ने निर्णयसमेत गरेको छ।

समितिले सिधै जग्गाधनीबाट खरिद गर्नुपर्नेमा दलालबाट किन्नु र सरकारी र चलनचल्तीकाे भन्दा बढीमा जग्गा किनेकाे निश्कर्ष निकाल्दै कारवाही गर्न अायोगलाई निर्देशन दिएको छ ।

सभापति डोरप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले निगमले जग्गा खरिद गर्दा जग्गा प्राप्ती ऐन २०३४ लाई मिचेको, लेखा समितिले सार्वजनिक जग्गा खरिद गर्न भन्दाभन्दै निजी जग्गा किनेको र चलन चल्तीभन्दा कयौं गुणा महँगो जग्गा किनेको ठहर गरेको हो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै